२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

चितवन । भरतपुर महानगरपालिका उम्मेदवारहरूका लागि पाँच दलीय गठबन्धनले चुनावी सभा आयोजना गर्‍यो । उक्त सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गरिरहेका छन् ।  

Advertisement

सभामा नेपाली कांग्रेसका नेताहरूको बाहुल्यता छ । जसमा बोल्ने अधिकांश कांग्रेस नेताहरूको चिन्ता एउटै थियो- प्रचण्डले फेरि धोका पो दिने हुन् कि !उनीहरूको चिन्ताको विषय किन भयो ? त्यसका लागि २०७४ सालको स्थानीय तह निर्वाचनतर्फ जानुपर्छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । जहाँ माओवादीबाट रेणु दाहालले मेयर जितिन् भने उपमेयरमा कांग्रेसबाट पार्वती केसी विजयी भइन् । 

स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल गरेको माओवादीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा भने नेकपा एमालेसँग तालमेल गर्नुका साथै पार्टी एकता नै गराए । जसले गर्दा कांग्रेस त्यही बेलादेखि माओवादीसँग सशंकित हुन थालेको हो । जुन कुराको आशंका कांग्रेस चितवनका नेताहरूले संयुक्त चुनावी सभामा पनि व्यक्त गरे । नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले प्रचण्डलाई धोका नदिन आग्रह गरे । चुनावी सभामा सम्बोधन गर्दै उनले भने, ‘हाम्रो सोझो सभापति जे भन्यो त्यही गर्नुहुन्छ, भोलिका दिनमा ढाँट्ने काम, धोका दिने काम नहोस् । जे प्रतिवद्धता पाँच वर्षअघि गरेका थियौं, त्यो तीन महिनापछि टुट्यो ।’

उनले गठबन्धनका उम्मेदवारलाई भरतपुरमा कांग्रेसले एक ढिक्का भएर जिताउने बताए । कांग्रेस चितवनले जसरी पनि रेणुलाई जिताउने भन्दै  माओवादीले धोका दिन नहुने उनको भनाइ थियो । त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले सत्तारूढ गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए । गठबन्धनका नेताहरूले गठबन्धनको निरन्तरता हुने प्रतिज्ञा गरे मात्र चितवनका नागरिकले विश्वास गर्ने बताए । विगतमा कांग्रेस चितवनलाई धोका दिएको स्मरण गराउँदै उनले निरन्तरता हुने प्रतिज्ञा मागेका हुन् । 
चुनावका लागि गठबन्धन गर्ने र चुनावपछि बिर्सने प्रवृत्तिका कारण गठबन्धनप्रति शंका उत्पन्न भएको बताए ।

‘नेताज्यूहरुले यो गठबन्धन निरन्तर जान्छ भन्ने प्रतीज्ञा गर्नुपर्‍यो, तब मात्र चितवनका जनताले विश्वास गर्छन् । तपाईंहरूले यो गठबन्धन निरन्तर लाने प्रतिज्ञा गर्नुस् । हामी तलका कार्यकर्ता तपाईंहरुको पछि पछि लाग्छौं,’ उनले भने । 

प्रतिकृया दिनुहोस्

Flash News

पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना