२ भाद्र २०७९, बिहीबार

Aug 18, 2022

काठमाडौं ।  नेपाल र अमेरिकाबीच नयाँ पाँच वर्षे विकास सहायता सम्झौता भएको छ । अर्थ मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) बीच आज उक्त सम्झौता भएको हो । सम्झौतामा दुवै देशका सम्बन्धीत अधिकारीले हस्ताक्षर गरेका थिए । 

Advertisement

पाँच वर्षे यस सहायता सम्झौताले अमेरिका र नेपालबीचको सहयोग तथा सहकार्यका बृहत विकास क्षेत्रहरूको रूपरेखा कोरेको छ । सम्झौता अनुसार पाँच वर्षको अवधिमा अमेरिकाले ६५ करोड ९० लाख अमेरिकी डलर (करिव ७९ अर्ब ७१ करोड रुपैयाँ) विकास सहायता नेपाललाई उपलब्ध गराउने छ । उक्त अनुदानले नेपाललाई मध्यम आय भएको देश बनाउन सघाउने अर्थ मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रसँगको साझेदारीमा अमेरिकी सहयोगले नेपालको दिगो विकासलाई अगाढि बढाउने बताइएको छ । सहायता रकम रेड बुकमा रेकर्ड गरिनेछ र बजेट भित्र र बाहिर रहेर खर्च गरिने जनाइएको छ । युएसएआइडीले यस सहायता सम्झौता अन्तर्गत सम्बन्धीत मन्त्रालयहरूसँगको सहकार्यमा परियोजनाहरू विकास गर्नेछ र कार्यान्वयनमा ल्याउनेछ । 

पहिलो पटक अमेरिकी सहयोग पूर्ण रूपमा नेपाल सरकारको रेड बुकमा प्रतिबिम्बित हुने भएकाले सहायता सम्झौता दुवै सरकारका लागि प्रस्थान सम्झौता भएको अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्यालले बताए । यस वर्ष नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा भएको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

मौसम : लुम्बिनीका केहि स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना कलंकीको खसीबजार हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक संसोधन नगरी आजै पारित गर्ने तयारी यस्ता छन् धरानका मेयर हर्क साम्पाङका १०० दिनका १३ काम काठमाडौंको फोहोर व्यवस्थापनमा चारबुँदे सहमति पशुआहारका लागि गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ प्रयोग ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैय्याको नयाँ भवनबाट प्रसूति सेवा बन्दीलाई कारागारभित्रै अस्पताल मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु ‘पत्रकार कुट्ने’ परासीको पाल्हीनन्दन प्रमुखलाई कारवाहीको माग निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन अर्थमा चुक्यो लुम्बिनी सरकार नवलपरासीको विभिन्न स्थानबाट फरार ७ जना प्रतिवादी पक्राउ दार्चुलामा जीप दुर्घटना : पाँच जनाको मृत्यु, छ घाइते लुम्बिनी फोटो ग्राफर संघको सप्ताहव्यापी कार्यक्रम , ५० जनाले गरे रक्तदान लुम्बिनी सरकारले आफ्नाे सेवा सुविधा वृद्धिका लागि खुलायाे बाटाे, थप नियुक्तिका लागि अनुसूची हेरफेर चार महिनामा विपद्का घटनाले लियो १५७ जनाको ज्यान, ८५ करोडभन्दा बढीको आर्थिक क्षति लुम्बिनी अस्पतालको टेण्डर घोटाला : कागजातसहित ७ दिन भित्र उपस्थित हुन प्राधिकरणलाई निर्देशन कपिलबस्तुको सिद्धार्थ रिसोर्टमा तीज विशेष कार्यक्रम हुने, सहभागीलाई पुरस्कार !