Jul 3, 2022
बुटवल । नवलपरासीमा २४ वर्षीया युवतीले आत्महत्या गरेकी छिन् । जिल्ला पर्बत बिहादी गाउँपालिका–४ स्थायी घर भई हाल नवलपरासी जिल्ला मध्यबिन्दु नगरपालिका–६ चोरमारा बस्दै आएकी २४ वर्षीया बिन्दु न्यौपानेले आत्माहत्या गरेको प्रहरीले जनाएको छ ।
घरमा झुन्डिएर आत्माहत्या गरेकी न्यौपानेको आत्मा हत्याको कुनै कारण नखुलेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार उनले करिब ३ वर्ष अगाडि विवाह गरेकी थिइन्। उनको शव पोस्टमार्टम पछि आज अन्त्येष्टि गरिएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्