ताजा अपडेट »

आइतबार बुटवलमा एमालेको चुनावी सभा, अध्यक्ष ओलीले सम्बोधन गर्ने

विहीबार, २२ बैशाख २०७९, १३ : ५१
2 Shares

बुटवल । नेपाल कम्युनिष्ट पार्टी एमालेले आगामी जेष्ठ २५ गते आइतबार बुटवलमा चुनावी सभा गर्ने भएको छ । चुनावी सभालाई सम्वोेधन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के.सीले जानकारी दिए ।

रुपन्देही जिल्ला स्तरीय सभामा हजारौं कार्यकर्ता र एमाले समर्थक मतदाताहरु जुलुस सहित सहभागी हुनेछन् । एमालेले यसअघि आयोजना गरेका आमसभाहरुमा लाखौं जनता सहभागी हुने गरेकोमा यसपालिको चुनावी सभालाई पनि निकै उत्सुकतापूर्वक हेरिएको छ । देवीनगर स्थित खुला मैदानमा आयोजना हुने आमसभामा रुपन्देही जिल्लाका सबै पालिकाबाट एक लाख जनता जुटाउने योजना रहेको एमाले केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज भूमिश्वर ढकालले जानकारी दिए ।

एमालेले चुनावी सभाको तयारी शुरु गरिसकेको छ । सबै पालिकाहरुले टोलटोलबाट जनसहभगिताका लागि काम शुरु गरिसकेको बताएका छन् । चुवानी सभालाई अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु प्रसाद पौडेल लगायतका नेताहरुले सम्बोधन गर्ने एमाले रुपन्देहीका उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले बताए । चुनाबी सभालाई ऐतिहासिक बनाउन विभिन्न समितिहरु गठन भएका छन् । बुटवलका टोलटोलबाट बाजागाजा र झांकी सहित जनताहरु सहभागी हुने बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।