२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका लालकेश जैशीलाई उनकै प्रतिस्पर्धीले १ लाख रुपैयाँको नोटको माला लगाइदिएका छन् ।

Advertisement

अध्यक्षका स्वतन्त्र उम्मेदवार अकवीर खड्काले जैशीलाई १ सयवटा हजार दरका नयाँ नोटले बनेको माला लगाइदिएका हुन् ।

बागी उठेका खड्काले आफ्नो उम्मेदवारी निस्क्रिय गराउँदै चुनावका लागि जम्मा गरेको खर्च जैशीलाई दिएको बताए ।

खड्काले भने, ‘टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएको, तर अहिले जनताले उम्मेदवारी फिर्ता लिन भनेकाले आफ्नो उम्मेदवारी निस्कृय गरेर, मेरो चुनाव चिन्ह गुलाफको फूल र चुनाव खर्च जैशीलाई हस्तान्तरण गरेको हुँ ।’

स्वतन्त्र उम्मेदवारी दिएका उनलाई निर्वाचन कार्यालयले गुलाफको फूल चुनाव चिन्ह दिएको थियो । स्वतन्त्र उम्मेदवारी दिएपछि साथी भाइले चुनाव खर्चका लागि भन्दै दिएको रकम जम्मा गरेर जैशीलाई हस्तान्तरण गरेको उनले स्पष्ट पारे ।

ताँजाकोटमा माओवादीका जैशी र नेकपा एमालेका अजमल बुढाबीच प्रतिस्पर्धा छ । यसअघि स्वतन्त्र उम्मेदवारी दिएका अर्जुन बुढाले पनि आफ्नो उम्मेदवारी निस्कृय गराएका छन् ।-तस्वीर : नरजन तामाङ

प्रतिकृया दिनुहोस्

Flash News

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुसदेखि सञ्चालनमा आउने महजोडीको फिल्म ‘महापुरुष’को प्रदर्शन कात्तिकमा आगो लगाएर ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास बुटवलमा लेडी जेसीज सप्ताह २०२२ सुरु अन्तरछिमेक पार्टीगत सम्बन्ध जन्मदिनको अवसरमा पाण्डेले सुरु गरिन् विद्यालयमा खाजा कार्यक्रम, रोटरी क्लबले निरन्तरता दिने बुटवलमा बालबालिका लक्षित कोभिड विरुद्धको दोस्रो मात्रा खोप