ताजा अपडेट »

भड्किलो चुनावले समावेशिता कार्यान्वयनमा समस्या

विहीबार, २२ बैशाख २०७९, १२ : ४१
4 Shares

इलाम । निर्वाचन भड्किलो हुँदै जानुे, लोकतन्त्रमा पुँजीवादी हाबी हुनु र दलहररूले महिलालाई विश्वास गर्न नसकेका कारण संविधानले प्रत्याभूत गरेको समावेशीताको सिद्धान्त कार्यान्वयन नभएको इलाममा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।समावेशीता कार्यान्वयनको लागि पुँजीनै जटिल समस्याको रुपमा देखिन थालेको सहभागीको निचोड छ । दलहरू पनि भड्किलो चुनावका कारण समावेशिता कार्यान्वयनमा समस्या आएको स्वीकार्छन् ।

राजनैतिक दलहरूले आफूलाई जति महिलामैत्री दाबी गरे पनि व्यवहारमा कार्यान्वयन नगरेको सरोकारवालाको भनाइ छ ।  महिला र पिछडिएका सिमान्तकृत समुदायको प्रतिनिधित्व विषयक अन्तरक्रियाका सहभागीले आसन्न निर्वाचमा महिला, अल्पसंख्यक लोपोन्मुख समुदाय प्राथमिकतामा नपरेको गुनासो गरे । महिला र दलित महिला सदस्यबाहेक ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनु पर्ने संवैधानिक व्यवस्था भए पनि महिला प्राथमिकतामा नपरेको गुनासो छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी इलामका प्रवक्ता गोपाल पौडेलले अहिलेका ठूला दलहरूले नै समावेशितामा ध्यानै नपुर्‍याएको बताउँछन् । स्थानीय तह निर्वाचनको मनोनयलाई हेर्दा कानुनले निर्धारण गरेको पदमा महिला भएपछि अपाङ्गता भएको समुदायबाट कोही नपर्नु दु:खद् भएको टिप्पणी गरे । दलित महिलालाई जनप्रतिनिधिको रुपमा उठाए पनि उनीहरूको क्षमता विकासमा ध्यानै नदिएको विक्रम सुन्दासको बुझाइ छ ।

सिर्जना श्रेष्ठ देखाउनको लागि मात्रै महिलालाई उम्मेदवार बनाएको बताउँछिन् । क्षमता भएका महिलालाई दलले अवसरनै नदिएको उनको भनाइ छ । मानव अधिकार मञ्चकी रञ्जु थामीले दलले प्रमुख पदमा महिलालाई नपत्याएको बताइन् । केही सिमित ठाउँमा बाहेक महिलालाई दलहरूले अवसर नदिएको उनको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।