२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा निर्वाचन जित्न कुनै अप्ठ्यारो नभएको दाबी गरेका छन् । पाँच दलीय गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा सहभागी हुन चितवन आएका प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग उक्त कुरा बताएका हुन् । 

Advertisement

कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुरको मेयरमा उमेदवारी दिएका जगन्नाथ पौडेललाई उमेदवारी फिर्ता गराउन अब धेरै बल नगर्ने उनले संकेत गरे । ‘मलाई निर्वाचन जित्न कुनै अप्ठ्यारो हुन्छ झैँ लागेको छैन । धेरै कारणले निर्वाचनको परिणाम गठबन्धनको पक्षमा हुन्छ’, उनले भने ।

गठबन्धन आफ्नो लाइनमा अघि बढिसकेको भन्दै उनले उमेदवारी दिने स्वतन्त्रता कोहि पनि नेपालीलाई रहेको बताए । स्वतन्त्र उमेदवारको विषयमा धेरै चर्चा गर्नुभन्दा गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढ्नु उचित हुने उनले बताए । भरतपुरमा सत्ता गठबन्धनको तर्फबाट प्रचण्डकी छोरी रेणु दाहाल मेयरको लागि चुनावी मैदानमा छिन् । उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारी उमेदवार बनेका छन् ।

चुनावी सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रतिकृया दिनुहोस्

Flash News

गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग