ताजा अपडेट »

आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

विहीबार, २२ बैशाख २०७९, ११ : ५७
16 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले बढेर बिहिबार ९८ हजार ६ रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९८ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।  

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । बुधबार तोलामा एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार १५ रुपैयाँले बढेर १ हजार ३ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।