ताजा अपडेट »

आगलागीबाट १६ लाख क्षति

विहीबार, २२ बैशाख २०७९, ११ : ५६
6 Shares

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा गए राति एक घरमा आगलागी हुँदा रु १६ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

अग्निपीडित पराले आगलागीबाट घरमा रहेका कागजात,सरसामन तथा दुईवटा बङ्गुर जलेर नष्ट भएको बताए । स्वास्थ्यचौकीका इन्चार्ज ललिता पौडेल र अहेव चित्र कला सो घरमा कोठभाडामा बसेका थिए । उनीहरूको पनि केही सरसमान निकाल्न नसकेको बताइएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।