ताजा अपडेट »

गठबन्धनका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाइफायर

विहीबार, २२ बैशाख २०७९, ०८ : २२
8 Shares

जाजरकोट । जिल्लाको कुशे गाउँपालिकामा चुनावी प्रचार–प्रसारमा जुटेका सत्ता गठबन्धन दलका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले हवाईफायर गरेको छ । कुशे गाउँपालिका– ९ जुर्गेमा नेपाली काँग्रेसका कार्यकर्तासँग नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी०का कार्यकर्ताहरु बीचमा झडप हुदाँ एक राउण्ड गोली फायर गरिएको सहयाक प्रमुख जिल्ला अधिकारी झलक केसीले जानकारी दिए।

निर्वाचनका लागि त्यस पालिकामा नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी०ले साझा गठवन्धन गरेको छ भने काँग्रेस एक्लै चुनावी मैदानमा होमिएको छ । झडपलाई कम गर्न खोज्दा प्रहरी माथि नै ढुङगा मुडा गर्दा प्रहरीले हवाईफायर गरेको थियो ।

झडप हुँदा काङ्ग्र्रेस समर्थक कुशे – ८ का २६ वर्षीय महेन्द्रवहादुर सिंह घाइते भएका छन् । घटनाको अवस्थालाई समान्य बनाउन बुधबार रातीनै सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी केसीको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।