ताजा अपडेट »

तिलाेत्तमामा गठबन्धन दलकाे आज चुनावी सभा, काँग्रेस महामन्त्री विश्वप्रकासले सम्बाेधन गर्ने

विहीबार, २२ बैशाख २०७९, ०८ : १७
2 Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आज बिहिबार बृहत आमसभा हुँदैछ ।  तिलोत्तमाको मणिग्रमा(प्रदर्शनी लाग्ने मैदान)मा बृहत आमसभा हुन लागेको हो । नेपाली कांग्रेस र माओबादी केन्द्रका केन्द्रीय नेताहरुको उपस्थीतिमा आमसभा हुन लागेको हो । 

आमसभामा नेपाली कांग्रेसका महामन्त्री, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य पुष्पा भुसाल, निवर्तमान केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी र माओबादी केन्द्रका केन्द्रीय सदस्य बामदेब क्षेत्रीले सम्बोधन गर्ने नेपाली कांग्रेसका तिलोत्तमा नगरसमिति सभापति हरिलाल पाण्डेले जानकारी दिए । तिलोत्तमामा गठबन्धनबाट मेयरमा कांग्रैसका रामकृष्ण खाँण र उपमेयरमा माओबादीका हेमराज पाण्डे(हेमन्त) उम्मेद्वार छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।