२ भाद्र २०७९, बिहीबार

Aug 18, 2022

भैरहवा। ओमसतिया गाउँपालिकामा नेकपा एमालेले प्रतिवद्धता पत्रमा गाउँपालिकाको शिक्षा र स्वास्थ क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ । ओमसतिया गाउँपालिका प्रमुखका उम्मेद्वार मन्जित कुमार यादव (सोनु) का अनुसार “शिक्षित र स्वस्थ ओमसतिया “ निर्माण गर्नु आफ्नो प्रमुख लक्ष्य हो र सोही अनुरुप प्रतिवद्धता पत्रमा योजनाहरु ल्याइएको बताए ।

Advertisement

पार्टीले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ओमसतिया गाउँपालिकामा बिजयी हासिल गर्नको लागी जारी गरेको प्रतिवद्धता पत्रमा शिक्षा र स्वास्थका क्षेत्रलाई प्राथमिकतामा राखेको हो । प्रतिबद्धतामा भएका ४० योजनाहरु मध्य पार्टीले १८ वटा योजना शिक्षा र स्वास्थ क्षेत्रका रहेका छन् ।

अन्य योजनाहरुमा पार्टीले सिंचाई, कृषी, सडक, सामुदायिक भवन, खानेपानी तथा सरसफाई, पर्यटन लगायत रहेका छन् । शिक्षा र स्वास्थ क्षेत्रको बिकासको लागी गाउँपालिका भित्र रहेका ठुटीपिपल मा.वि., छोट्की रामनगर मा.वि.,जनजागृति मा.वि., पट्खौली मा.वि. र दशरथ मा.वि. लाई स्तरोन्नती सहित प्राविधिक शिक्षा तर्फ पहिलो प्राथमिकता दिइने, पडसरीमा रहेको सृजना प्रा.वि. लाई मा.वि. मा स्तरोन्नती गर्ने, रामजानकी आधारभूत विद्यालय वडा नं. १ खुन्सामा भौतिक सुविधा सम्पन्न गर्दै कक्षा ८ सम्म संचालन गर्ने, ओमसतिया गा.पा. भित्र रहेका सबै विद्यालयलाई आवश्यकताको आधारमा स्तरोन्नती गर्दै लग्ने रहेका छन् ।

गाउँपालिका भित्र रहेका सबै धार्मिक विद्यालय / मदरसालाई माग र आवश्यकताको आधारमा स्तरोन्नती गर्दै लग्ने, ओमसतिया गा.पा. मा १५ शैयाको अस्पताल निर्माण गर्ने, बसन्तपुरको प्राथमिक स्वास्थ्य केन्द्रलाई थप भौतिक संरचना सहितको स्तरोन्नती गरी प्रसुती गृहमा २४ सैं घण्टा एम्बुलेन्सको व्यवस्थापन गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

यस्तै छोट्की रामनगर स्वास्थ्य चौकीलाई २४ सै घण्टा संचालन रहने गरी डाक्टरको बस्ने व्यवस्था गर्ने, सबै स्वास्थ्य चौकीमा ल्याव संचालन गर्ने, सबै बड़ा टोलमा स्वास्थ्य क्लिनिक र खोप केन्द्रको व्यवस्था गर्ने, गरिब परिवारलाई स्वास्थ्यको लागि आर्थिक सहयोग गर्ने, गरिब, विपन्न, दलित, मुस्लिम, पिछडा वर्गका परिवारहरुको स्वास्थ्य बिमा गर्ने प्रतिवद्धता जनाइएको छ ।

गाउँपालिकामा रहेका गरिब परिवारका सब दाहसंस्कारका लागि दाउरा निःशुल्क उपलब्ध गराउने, हार्टिफसांटिकर स्वास्थ्य चौकीलाई प्रसुतिगृह सहित एम्बुलेन्स व्यवस्थापन गर्ने, क्यान्सर, मष्तिकघात, पछ्घात, मुटुरोगी, किड्नी रोगी र अन्य दिर्घरोगीलाई उपचारमा कम्तिमा २५ हजार देखी १ लाख सम्मको आर्थिक सहयोग गर्ने जनाइएको छ । गाउँपालिका भित्रको सरकारी विद्यालयबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई उच्च शिक्षा, प्राविधिक शिक्षा पढन प्रोत्साहन दिने, महिला स्वास्थ्य स्वयं सेविकालाई मासिक रुपमा कम्तीमा रु. ३००० देखि माथि भत्ताको व्यवस्था गर्ने, सबै सुगर विरामी र दिर्घरोगीको लागि ल्याब टेष्ट र औषधी १२ महिना निशुल्क दिने व्यवस्था गर्ने , सुत्केरी हुने आमा र बच्चाको स्वास्थ्यलाई मध्ये नजर गरी ५००० को सुत्केरी सामग्री र कपडाको व्यवस्था गर्ने प्रतिवद्धता जनाइएको छ ।

यस्तै प्रत्येक वडामा कम्तीमा एउटा सामुदायिक भवन निर्माण गर्ने, कृषि वनको लागत संकलन गरी वर्गिकरण गर्ने, कृषि पेशा गर्ने किसानलाई प्राविधिक र उत्पादनको आधारमा कामको मूल्यांकन गर्ने, किसानहरुलाई बिउ विजन मलखादको व्यवस्थापन गर्ने, कृषि संकलन केन्द्र स्थापना गरी बजारिकरणको व्यवस्थापन गर्ने, कृषि गर्ने किसानको सहमतिमा सबैको खेतमा बाटोको व्यवस्था गर्ने, उक्त खेत सम्म बिजुली व्यवस्थापन गर्ने रहेका छन् ।

गाउँपालिकामा कुलो नहरबाट सिंचाई हुने ठाउँलाई थप व्यवस्थित गर्दै लग्ने, प्रत्येक वर्ष गाउँपालिका भित्र कम्तीमा १२ वटा कृषि पकेटको लागि बजेट व्यवस्थापन गर्दै अर्गानिक खेती गर्ने किसानलाई प्राथमिकता दिने, किसानहरुको बाली बिमा कम्पनीमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्ने, कृषि सिंचाईको लागि सबै किसानको मागलाई सम्बोधन गर्ने गरी सिंचाई बोरको व्यवस्थापन गर्ने, गाउँपालिकाको प्रशासनिक भवन नयाँ निर्माण गरी ढुक्कसंग कर्मचारीलाई काम गर्ने वातावरण मिलाउने प्रतिवद्धता जनाइएको छ ।

पार्टीले भौतिक पुर्वाधार तर्फ गाउँपालिका भित्र रहेका कच्ची तथा ग्रेवल सडकहरुको स्तरोन्नती गरी पिच गर्ने, एक वडा बाट अर्को वडामा जानका लागि अरु २ पालिका जानु पर्ने अवस्थाको अन्त्यको लागि रोहिणी खोला र डण्डाखोलामा पक्की पुलको निर्माणका लागि प्रदेश तथा संघीय सरकारसंग माग गर्ने, पालिका भित्र रहेका गरिब बस्तीका माटोका गारो र फुसको छाना विस्थापीत गरी ईट्टाको गारो र टीनका छानामा स्तरोन्नती गर्ने प्रतिबद्धता जनाइएको छ ।

संस्कृतिको उचित संरक्षणका लागि मठ मन्दिर, एवं गुम्बाहरुको संरक्षण एवं स्तरोन्नती गर्ने योजना पार्टीले अघि बढाएको छ । ओमसतिया गाउँपालिकाका विपन्न पछाडी पारीएका शिक्षाबाट बन्चित वालवालिकाहरुलाई शिक्षा पहुँचसम्म पुऱ्याउने प्रतिवद्धता पार्टीले जाहेर गरेको छ । पालिका भित्र रहेका उद्योग कलकारखानाहरुमा पालिका वासी स्थानीयलाई रोजगारीमा प्राथमिकता दिने पार्टीको योजना छ । स्वच्छ तथा सफा खानेपानीका लागि प्रत्येक वडामा ओभर हेड ट्याङ्कको स्थापना गरी प्रत्येक घरमा धारा जडान गर्ने योजना बनाइएको छ ।

पर्यटन प्रवर्द्धनका लागि वडा नं. १ मा रहेको भैरवनाथ मन्दिरको जिणोद्धार गरी प्रचार प्रसार गरी आन्तरीक पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । पालिका भित्र रहेका खेलकुद मैदानहरुलाई व्यवस्थित गर्ने लक्ष्य पार्टीको रहेको छ र वर्तमान कार्यकालमा संचालनमा रहेका कार्यक्रमहरुलाई निरन्तरता दिई सम्पन्न गर्ने प्रतिवद्धता पार्टीले गरेको छ ।

ओमसतिया गाउँपालिका कमिटी अध्यक्ष इन्द्र गुरुङले ओमसतिया गाउँपालिकामा पार्टीले जित हासिल गर्न सके अहिले प्रतिवद्धता पत्रमा उल्लेख्य सबै कार्य सम्पन्न गरिने बताए । गुरुङका अनुसार गाउँपालिकाको मुहार फेर्न पनि ओमसतियमा नेकपा एमालेले जित्नु जरुरी छ । गुरुङले शिक्षित र स्वस्थ ओमसतिया गाउँपालिका निर्माणको लागी पार्टीले प्रतिबद्धता पत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

नवलपरासीमा एक वर्षमा १८७ वटा सवारी दुर्घटना : ३४ जनाको मृत्यु, २७८घाइते प्लास्टिक झोला प्रतिबन्ध : कार्यान्वयनमा चूनौतीपूर्ण पूर्व-पश्चिम राजमार्गमा बसको ठक्करबाट अटो रिक्सामा सवार ३ जनाको मृत्यु, एक घाइते मौसम : लुम्बिनीका केहि स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना कलंकीको खसीबजार हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक संसोधन नगरी आजै पारित गर्ने तयारी यस्ता छन् धरानका मेयर हर्क साम्पाङका १०० दिनका १३ काम काठमाडौंको फोहोर व्यवस्थापनमा चारबुँदे सहमति पशुआहारका लागि गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ प्रयोग ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैय्याको नयाँ भवनबाट प्रसूति सेवा बन्दीलाई कारागारभित्रै अस्पताल मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु ‘पत्रकार कुट्ने’ परासीको पाल्हीनन्दन प्रमुखलाई कारवाहीको माग निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन अर्थमा चुक्यो लुम्बिनी सरकार नवलपरासीको विभिन्न स्थानबाट फरार ७ जना प्रतिवादी पक्राउ दार्चुलामा जीप दुर्घटना : पाँच जनाको मृत्यु, छ घाइते लुम्बिनी फोटो ग्राफर संघको सप्ताहव्यापी कार्यक्रम , ५० जनाले गरे रक्तदान लुम्बिनी सरकारले आफ्नाे सेवा सुविधा वृद्धिका लागि खुलायाे बाटाे, थप नियुक्तिका लागि अनुसूची हेरफेर