ताजा अपडेट »

भोलि तिलोत्तमामा गठबन्धनको आमसभा, कांग्रेस महामन्त्री शर्मा लगाएतले सम्बोधन गर्ने

बुधबार, २१ बैशाख २०७९, २३ : २०
6 Shares


तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बिहिबार बृहत आमसभा हुँदैछ । तिलोत्तमाको मणिग्रमा(प्रदर्शनी लाग्ने मैदान)मा बृहत आमसभा हुन लागेको हो । नेपाली कांग्रेस र माओबादी केन्द्रका केन्द्रीय नेताहरुको उपस्थीतिमा आमसभा हुन लागेको हो ।


आमसभामा नेपाली कांग्रेसका महामन्त्री, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य पुष्पा भुसाल, निवर्तमान केन्द्रीय सदस्य चन्द्र भण्डारी र माओबादी केन्द्रका केन्द्रीय सदस्य बामदेब क्षेत्रीले सम्बोधन गर्ने नेपाली कांग्रेसका तिलोत्तमा नगरसमिति सभापति हरिलाल पाण्डेले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।