ताजा अपडेट »

एमाले उम्मेदवारलाई मतदान गर्न उद्योग ब्यवसायी महासंघको आग्रह

बुधबार, २१ बैशाख २०७९, २२ : ५८
6 Shares

बुटवल । नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघले बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका सूर्य ध्वजाबाहक उम्मेदवारहरुलाई बिजयी गराउन आग्रह गरेको छ। महासंघले एक बिज्ञप्ती जारी गरी समृद्ध नेपाली सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न एमालेका उम्मेदवारहरुलाई मतदान गर्न उद्योगी ब्यवसायी संगै आम मतदातालाई आग्रह गरेको हो।

'हामी अहिले समृद्ध नेपाली सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने महाअभियानमा जुटेका छौं, हामी यो महाअभियानमा आम मतदातालाई सामेल गराएर मुलुक निर्माणको संकल्प लिने दायित्व हाम्रा कांधमा आएको छ।'-विज्ञप्तीमा उल्लेख छ। महासंघका लुम्बिनी प्रदेश अध्यक्ष माधव कुमार नेपाल, रुपन्देही अध्यक्ष बालाराम भट्टराई र बुटवल उपमहानगर कमिटी अध्यक्ष माधव कुमार खनाल र सैनामैना नगर कमिटी अध्यक्ष ईश्वरी भण्डारीले अलग-अलग जारी गरेको विज्ञप्तीमा महासंघको स्थापना राष्ट्रको दीगो विकासलाई टेवा पुर्याउन अधिकतम रोजगारी सिर्जना गरी समाजवाद उन्मूख अर्थतन्त्रको विकास गर्ने रहेको भन्दै उक्त कार्यभार पूरा गर्न एमाले उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका छन्।

विज्ञप्तीमा अगाडी भनिएको छ राष्ट्रिय पूँजीको विकास गर्न सकेमात्रै समृद्ध नेपाल निर्माणमा ठोस  योगदान गर्न सक्छ भन्ने धेयका साथ हामी अगाडी बढि रहेका छौं। यसका लागि स्थीर सरकार चाहिन्छ त्यो जिम्मेवारी नेकपा एमालेले मात्रै पूरा गर्न सक्छ। स्थीर सरकारबाट मात्रै लगानी मैत्री बातावरण बन्न सक्ने भन्दै उनीहरुले  उद्योग ब्यवसायको बिकास र बिस्तार तथा उत्पादन समृद्धीमा नागरिकलाई जोडने पार्टीको रुपमा रहेको नेकपा एमालेले मात्र मुलुकको हित गर्न सक्ने र स्थायी सरकार दिन सक्ने दावी उनीहरुको छ।

'हामी 'समृद्ध नेपाल, सुखी नेपाली' निर्माणको  लक्ष्यकासाथ हिँडि रहेका छौं तर वर्तमान सरकारले आर्थिक र वित्तीय गतिबिधी ठप्प पारेर मुलुकको अर्थतन्त्र धरासायी बनाउने बाटोमा हिडिरहेको छ। आर्थिक तथा वित्तीय क्षेत्रको सन्चालन ब्यवस्थापन र नियन्त्रण गर्ने राष्ट्रको महत्वपूर्ण अंगको रुपमा रहेको राष्ट्र बैंकलाई राज्यको अंग हो भनेर समेत स्वीकार गर्न नसक्ने र अर्थ मन्त्रालयबाट टाढा राख्ने वर्तमान सरकारबाट अव मुलुक सहि गति लिन सक्छ भनेर विश्वास गर्न सकिदैन।'- विज्ञप्तीमा भनिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।