ताजा अपडेट »

बुटवल १५ लाई खेलकूदको हब बनाउने उम्मेदवार भण्डारीको योजना

बुधबार, २१ बैशाख २०७९, २१ : ३१
6 Shares

बुटवल । नेकपा एमाले बुटवल-१५ का वडाअध्यक्षका उम्मेदवार डम्बर बहादुर भण्डारीले वडालाई खेलकूद ‘हव’ को रुपमा विकास गर्ने योजना अगाडि सारेका छन् । युवाहरुलाई खेलकूद मार्फत एकतावद्ध गर्दै सुधार गरी समाजमा स्थापित गराउने उनको योजना छ । बुटवल १५ सेमलारमा प्रदेशकै ठूलो र नमूना कबर्ड हल नेता तथा उम्मेदवार भण्डारीकै पहलमा बनेको छ । 

साथै मुक्तिधाम खेल मैदान रतनपुर र उजेलापुर खेल मैदानलाई रंगशालाको रुपमा विकास गरी खेलकूदका गतिविधिहरु छिटै सञ्चालन गरी एकेडेमीको रुपमा विकास गरिने नेता भण्डारीले बताए । भण्डारीको खेलकूद र युवाप्रति विषेश रुचि र चासो छ । सेमलारमा खुला व्यामसाला निर्माण र नवरत्न माविको बेबारिसे अवस्थामा रहेको खेल मैदानलाई आधुनिकीकरण खेलकूदका गतिविधि सञ्चालन गरिने उनले बताए । 

त्यस क्षेत्रको लोकप्रिय युवा नेता भण्डारी गएको निर्वाचनमा पनि भारी मतान्तरले विजयी भएका थिए । उनले वडामा गरेका कामकै कारण त्यस क्षेत्रका जनताको माग अनुसार आफू पुनः वडाअध्यक्षको उम्मेदवार बनेको भण्डारीले बताए । बुटवलको पछाडि परेको क्षेत्रको रुपमा चिनिने सेमलारमा सडक, पुल, किसानलाई कृषि अनुदान, सिचाइँ, सामुदायिक विद्यालयको स्तरउन्नति भएका छन् । त्यस्तै तामनगर बेथरी सडक खण्ड अन्तरगर्त पर्ने दानब पुल निर्माण विपक्षीहरुले गरेको मुद्दा मामिला भण्डारीको अगुवाईमा समस्या समाधान गरी निर्माण सम्पन्न भएको छ ।

दानब नदी कटानको लागि तटबन्ध, विद्युत पोल विस्तार तथा ट्रास्फर्मर जडान गरी विद्युतीय समस्या निराकरण गरिएको छ । मुक्तिघाट महदैया बेलबरिया हुँदै हात्तीसुँढ जोडने सडक डबल लेनमा स्तरउन्नति हुँदै छ । बाग्लुङको साविक राङखानीमा जन्मिएका भण्डारी २०५० को दशकतिर रुपन्देही झरेका थिए ।

यहाँ झरेपछि उनी एमालेको विद्यार्थी संगठन अखिलबाट राजनीति सुरु गरेका थिए । उनी बुटवल बहुमुखी क्याम्पसबाट स्नातक उत्तीर्ण गरेका छन् । उनी २०५४ सालमा २० वर्षकै उमेरमा साविक सेमलार गाविस वडा नम्बर १ को वडा अध्यक्ष भएका थिए । त्यसपछि २०७४ मा पुन वडा अध्यक्ष भएका भण्डारी अहिले ह्याट्रिक नजिक छन् । सबै समूहमा लोकप्रिय भण्डारी वडाबासी सुख दुःखमा सधै अग्रपंक्तिमा उभिदै आएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।