ताजा अपडेट »

तिलोत्तमामा एमालेको जीत सुनिश्चित : उपाध्यक्ष पौडेल

बुधबार, २१ बैशाख २०७९, ११ : २८

तिलोत्तमा । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले स्थानीय तह २०७९ को निर्वाचनमा तिलोत्तमा नगरपालिकामा नेकपा एमालेको जीत सुनिश्चित भएको बताएका छन् । स्थानीयले लाइन लागेर भोट हाल्न र मत गन्न मात्रै बाँकी रहेको बताए । उपाध्यक्ष पौडेलले नेकपा एमालेलाई देशैभर विश्वास गरिएको र तिलोत्तमाको सन्दर्भमा त झनै ढुक्क रहेको बताए ।

तिलोत्तमा नगरपालिका वाड नम्बर एकको चुनावी प्रचारप्रसारमा आयोजित कोणशभालाई सम्बोधन गर्दै उनले नगर, प्रदेश र केन्द्र सरकार सबैले आ–आफ्नो ठाऊँबाट प्रतिबद्ध भएर काम गर्ने समेत अठोट व्यक्त गरे । उनले प्रतिवद्धता पत्रमा उल्लेख गरिएका र आवश्यकताका आधारमा मानवीय र भौतिक विकास गरिने उल्लेख गर्दै प्रदेशस्तरीय सरकारी मेडिकल कलेजका लागि वाड नम्बर एकमा जग्गाको स्वामित्व प्राप्त भैसकेको र त्यसका लागि डिपिआरसमेत तयार भएको जानकारी दिँदै त्यसलाई बिस्तारै युनिभर्सिटीको रूपमा विकास गरिने बताए । साथै उनले एमाले शासक नभई सेवकको रूपमा अघि बढ्ने प्रतिवद्दता व्यक्त गरे।

सोही कार्यक्रममै प्रमुख पदका उमेदवार मोहन चापागाईंले बितेको पाँच वर्षको अवधिमा घिमिरे नेतृत्वको नगर सरकारले धेरै काम गरेको बताउदै अब बाँँकी काम स्थानीयको आवश्कताका आधारमा गरिने उल्लेख गरे । त्यस्तै प्रत्येक वाडका स्वास्थ्य केन्द्रको स्तरोन्नति गरि तीनवटा नगरस्तरीय अस्पताल बनाउने जानकारी दिँदै नागरिकले महसुस गर्ने गरि विकासका काम गर्दै अबको पाँच वर्षे अवधिलाई सफलतापूर्वक सम्पन्न गर्ने अठोट जनाए।

तिलोत्तमाको वाड नम्बर एकको प्रचारप्रसार तथा घरदैलोकै अवसरमा आयोजित कोणसभामा उपप्रमुख पदका उमेदवार जागेश्वरी देवी चौधरीले प्रतिवद्दता पत्र बनाउनै नसक्ने र बनाउन नजान्नेले कसरी नगरको विकास गर्ला भन्नेमा चिन्ता लागेको बताए । उनले गठबन्धनका नाममा कैयौँ पार्टीले महिलालाई संविधानले दिएको हक अधिकारलाई खोसेर महिलामाथि अन्याय गरेको बताउँदै घिमिरे नेतृत्वकै सरकारले गरिरहेको काम गर्छौँ भन्नू लज्जास्पद भएको बताए ।

कार्यक्रम वाड नम्बर एकका अध्यक्ष पदका उमेदवार फर्सुराम गिरीले आफू वाड अध्यक्षमा विजय भए वाडको विकासमा कम्मर कसेर लाग्ने प्रतिवद्दता व्यक्त गरे । त्यसका लागि सबै वाडबासी आमा बुवा दाजुभाइ दिदीबहिनीलाई आफुलाई जिताउन आफ्नो पक्षमा मतदान गर्न अनुरोध गरे । महिला सदस्य पदका उमेदवार गितादेवी न्यौपाने, दलित सदस्य पदका हिरादेवी बिक, खुला सदस्य पदका उमेदवार विष्णुप्रसाद पाण्डे, खुला सदस्य तर्फकै उमेदवार मिलन रानाले उम्मेद्वारी दिए। नेकपा एमाले तिलोत्तमा नगरले वाड नम्बर एकका विभिन्न ठाऊँमा चुनाव प्रचारप्रसार तथा घरदैलो कार्यक्रमलाई आज पनि निरन्तरता दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।