ताजा अपडेट »

त्रिभुवन विमानस्थलमा बम राखिएको आशंका, कुकुरसहित सेना र प्रहरीको टोली परिचालन

बुधबार, २१ बैशाख २०७९, ११ : १५
6 Shares

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा बम राखिएको भन्दै अपरिचति व्यक्तिबाट फोन आएपछि सतर्कता अपनाइएको छ ।  

विमानस्थलका प्रहरी प्रमुख एसएसपी भीम ढकालका अनुसार बम राखिएको भन्दै फोन आएपछि खोजी सुरु गरिएको छ । अहिले विमानस्थलमा तालिमप्राप्त कुकुरसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । सेनाको बम डिस्पोजल टोली पनि विमानस्थलमा पुगिसकेको छ ।

हाल आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ । आन्तरिक उडान पनि बन्द भएकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।