ताजा अपडेट »

नियमबिपरित ब्याज बढाएको भन्दै उद्योगी आक्रोशित,चाबी बुजाउने चेतावनी

आइतबार, २० माघ २०७५, १२ : ३७
4 Shares

माघ २०,
ग्लोबल आवाज
बुटवल । बैंकहरुले सम्झौता बिपरित लगातार ब्याज वृद्धि गरेको भन्दै रुपन्देहीका उद्योगीहरुले आन्दोलनको घोषणा गरेका छन् ।उद्योगीहरुले सरकारी निकायमा ज्ञापनपत्र बुझाउनेदेखि उद्योग बन्द गरेर तालाचाबी सरकारलाई बुझाउने सम्मका आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् ।
आज आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । सो अवसरमा बोल्दै उद्योगीहरुले बैंकहरुको अस्वभाबिक ब्याज बृद्दिले सरकारले घोषणा गरेको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलाई असर पु¥याएको बताएका छन् ।


सम्मेलनमा रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीले ८ प्रतिशत ब्याजदरमा कर्जा सम्झौता गरेका बैंकहरुले ब्यवसायीलाई सूूचना समेत नगरी १६ प्रतिशतसम्म पु¥याएको बताए । त्यस्तै संघका पूूर्व अध्यक्ष पूर्व अध्यक्ष बोनिन पियाले बैंकको ब्याज तिर्न उद्योगीहरुले मिटर ब्याज लिन बाध्य हुनु परेको बताए ।


बैंकहरुले राष्ट्रबैंकको निर्देशनलाई उल्लंघन गरेको भन्दै उद्योगीहरुले बंैकहरुलाई कालोबजारी गर्ने छुट नभएको बताएका थिए । शुक्रबार नेपाल राष्ट्रबैंक भैरहवा मार्फत राष्ट्रबैंकका गभर्नरलाई ज्ञापन पत्र बुझाएका उद्योगीहरुले प्रदेशको मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुभाउने र सुनुवाई नभए उद्योगमा ताला लगाउने निर्णयमा पुगेको पत्रकार सम्मेलनमा जानकारी गराए ।



ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।