ताजा अपडेट »

राप्रपा तिलोत्तमाका उम्मेदवार मतदाताको घरदैलोमा

मंगलबार, २० बैशाख २०७९, १९ : ५५
6 Shares

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी तिलोत्तमा नगरपालिका उम्मेदवारहरुले भ्रष्टाचार नगर्ने कसम खाएर घरदैलो कार्यक्रम मा मेयर , उपमेयर ,वडा अध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन । मेयर पदका उम्मेदवार भुवन शर्मा खनालले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सहर भएको भन्दै भ्रष्टाचार नगर्ने कसम खाएर जनताको घरदैलोमा भोट माग्न हिडेको बताए ।

उनले तिलोत्तमा नगरपालिकालाई भ्रष्टाचार मुक्त नगर बनाउने इच्छा रहेकेा बताए । कक्षा १२ सम्मको शिक्षा लाई पूर्ण रुपमा निःशूल्क गरिने प्रतिबद्धता पत्र ल्याएको खनालले सुनाए । आफु मेयर पदमा निर्वाचित भए लगत्तै सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षा लाई निःशुल्क गर्ने र विद्यालयमा अपुग आर्थिक श्रोत नगरपालिकाले ब्यवस्थापन गर्ने बताए । खनालले अहिले नगरपालिकाले लिँदै आएको करमा ५० प्रतिशत छुट गरिने बताए ।

यस्तै सबै विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षा , स्वच्छ पिउने पानीको ब्यवस्था , सुत्केरीलाई तीन महिनासम्म मासिक भक्ताको ब्यवस्था गर्ने, सुलभ औषधी पसल सञ्चालन गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । कृषि आन्दोलनको सुरु गरिने , जनतालाई निष्पक्ष र छोटो छरितो सेवा दिने , महिला उद्योगमा १२५ स्थानीय कर छुट दिने , तालिम केन्द्रको स्थापना र रोजगारीको ब्यवस्थापन गरिने राप्रपा तिलोत्तमाको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

राप्रपा तिलोत्तमाले मेयर पदमा भुवन शर्मा खनाल र उपमेयरमा मञ्जु चौधरीलाई उम्मेदावर बनाएको छ । यस्तै वडा नं. १ मा ज्योतीलाल बस्याल, वडा २ मा विशाल गुरुङ, ३ मा भक्त बहादुर बुचा, वडा नं. ४ मा नरेन्द्र क्षत्री, ५ मा दिनेश पाण्डेय, ६ मा सुरज न्यौंपाने, ७ मा सुरेश पन्थी, ८ मा निरञ्जन प्रसाद पराजुली, ९ मा गुरु बहादुर राना, १० मा विक्रम केसी, ११ मा गोबिन्दनाथ पाण्डेय, १२ मा जितेन्द्र प्रसाद चौधरी, १३ मा शेर बहादुर घर्ती मगर, १४ मा तिर्थराज थारु, १५ मा लिल बहादुर गुरुङ, १६ मा लक्षमण थारु र १७ मा सन्दिप थारुलाई वडा अध्यक्ष पदमा राप्रपा तिलोत्तमाले उम्मेदवार बनाएको छ

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।