ताजा अपडेट »

आर्थिक राजधानीका रुपमा बुटवल

मंगलबार, २० बैशाख २०७९, १४ : ५८
2 Shares

कुनै पनि मुलुकको आर्थिक गतिबिधि वा समग्र आधारभूत आर्थिक प्रश्नहरुको समाधान गर्ने ल्याकत राख्ने उत्पादनका साधन र परिचालन व्यवस्थापन गर्न सक्ने सहरलाई आर्थिक राजधानी भनिन्छ । विशेषगरी उत्पादनका साधनहरू देशमा रहेका आर्थिक अवशरहरु आर्थिक चुनौतीहरुलाई सहि तरिकाले व्यवस्थापकिय क्षेमताका आधारमा समाधानका ठोस योजना निर्माण गर्न सक्ने र अर्थतन्त्रलाई सहि दिशा वा नमुना प्रस्तुत गरि अगाडि जान सक्ने क्षमता भएको शहर आर्थिक राजधानी शहर हो ।

वि.स. २०१६ साल कार्तिक १२ मा तत्कालिन नेपाल राज्य नगरपालिका ऐन २००९ लाई आधार बनाइ यो नगर स्थापित भएको हो । २०१६ भन्दा अगाडि यसको नाम बुटवल ग्राम पञ्यात रहेको थियो । २०१७ सालमा यसको नाम बुटवल खस्यौली नगर पञ्यात हुन पुगेकोमा २०३५ मा बुटवल नगर पञ्चायत कायम गरिएको थियो । वि.स. २०७१ मंसिर १६ को मन्त्रिपरिषदको निर्णय अनुसार मोतिपुर र सेम्लार गाविसलाई समावेश गरेर हालको उप महानगरपालिका निमार्ण भएको हो । नेपालको संविधान २०४२ कर्यनावायाँमा आइसकेपछि रुपन्देहीमा आर्थिक क्रियाकलापमा आमुल परिवर्तन आईरहेको सन्दर्भमा रुपन्देहीको बुटवल र आसपासका क्षेत्र आर्थिक राजधानीका रुपमा विभिन्न कोणबाट चित्रण गरिएको छ ।

बुटवल पछिल्लो समयमा औद्योगिक उत्पादन , व्यापार , वाणिज्य, शिक्षा र वित्तिय संस्थाहरु सञ्चालन , विकास तथा विस्तारको उत्कृष्ट गनतव्यको रुपमा स्थापित शहरका रुपमा प्रमाणित भएको छ । उनका अनुसार बुटवलमा देशकै उत्कृष्ठ नीजी, सामुदायिक विद्यालय र क्याम्पसहरु छन् । शिक्षाको सुधारमा सिंगो बुटवल एक विद्यालय अवधारणा अगाडि बढेको छ । बिटिआईलाई इन्जिनियरिङ क्याम्पसको रूपमा विकास गरी स्नातक तहको ४ वर्षे बिटेकएड मेकानिकल जनरल इन्जिनियरिङ कार्यक्रम शुभारम्भ हुनु, कोरीयन टेक्नीकल कलेजमा आवश्यकतामुखी पाठ्यक्रम पढाइनु त्यसको नमुना हुन । बुटवलमा केन्द्रीय कार्यालय रहेको एक बैंक र २ लघुवित्तसहित एक सय बढी बैंक तथा वितिय सस्थाका शाखा कार्यालयहरु छन् ।

बुटवलको ऐतिहासिक पृष्ठभूमिका बारेमा अध्ययन गर्दा नेपाल एकीकरण हुनु पूर्व पश्चिम नेपालमा बुटवल राज्यका रुपमा बुटवल रहेको थियो । जसको सिमाना पूर्वमा पाल्पा र नवलपरासी क्षेत्र र पश्चिमा प्यूठानसम्म विस्तारित भएको पाईन्छ । ती सीमाना भित्रका नागरिकहरुको आर्थिक केन्द्रका रुपमा प्राचिन समयदेखि आर्थिक क्रियाकलापलाई सञ्चालन गरेको थियो । यस्तो प्रकारको बुटवल राज्य वि.स. १६१० मा स्थापना भएको थियो । बुटवलको आर्थिक ईतिहास नेपालको आर्थिक ईतिहास जतिकै पुरानो रहेको पाईन्छ । सन् १८१६ को सुगौली सन्धीपछि बुटवल पश्चिम नेपालको मुख्य आर्थिक केन्द्रका रुपमा सञ्चालित भएको थियो । जसको नेतृत्व वर्तमान समयको पुरानो बटौली शहरले गरेको हो ।

बुटवल ११ औं शताब्दी देखी नै प्रमुख व्यापारीक, आर्थिक तथा वाणिज्यका क्षेत्रमा नमुना शहरका रुपमा प्रसिद्ध रहेको थियो । यहाँ पहाडका मानिसहरुले घिउ, सुठो , तेल , जडिबुटी, आदि कृषि उपजहरु ल्याई बिक्री गर्ने तथा आफुहरुलाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुहरुको खरिद गरेर लैजाने गरेका जीवित ईतिहासहरुले पनि बुटवल प्राचिन समय देखी आर्थिक केन्द्रका रुपमा रहेको प्रमाणित भएको छ । बुटवलको औद्योगिक ईतिहासमा वि.स. २०२० मा सञ्चालनमा आएको शिब बिडी उद्योग र २०३२ सालमा सञ्चालन भएका कृष्ण साबुन उद्योग र बुटवल घिउ उद्योगलाई लिन सकिन्छ । वि.स. २०३२ मा बुटवल औद्योगिक क्षेत्रको निर्माण र लगतै सञ्चालनमा आउनु र वि.स. २०७२ सालमा मोतिपुरमा अर्को औद्योगिक क्षेत्र स्थापना भई सञ्चालनका लागी आवश्यक प्रक्रियाहरु अगाडि बढ्नुले बुटवल अव देशको मुख्य आर्थिक शहरका रुपमा स्थापित हुदै गएको पुष्टि भएको छ ।

विडिको उत्पादनबाट सुरुवात भएको बुटवलको औद्योगिक यात्रा वर्तमान समयमा आईपुग्दा विकास निर्माणका कार्यहरुको सञ्चालनका लागी आवश्यक पर्ने औद्योगिक मेसिनरी औजार तथा प्रविधिको उत्पादन गर्ने महत्वपूर्ण औद्योगिक शहरका रुपमा अगाडि बढेको छ । वर्तमान समयमा बुटवलमा शिक्षा, स्वास्थ्य, पर्यटन उद्योग लगायतका आर्थिक शहरका लागि आवश्यक पर्ने सबै आधारहरुमा उल्लेख्य सफलता प्राप्ति गरेको छ । अर्थतन्त्रका हरेक गतिविधिहरु सकारात्मक र दीगो व्यवस्थापनका गतिले सञ्चालन गर्नका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नका लागि विभिन्न विश्वविद्यालयका सैद्धान्तीक र प्राविधिक विद्याका शैक्षिक कार्यक्रमहरु सञ्चालनमा आएका छन् ।

सडक तथा अन्य भौतिक पूर्वाधारका क्षेत्रमा बुटवलले ऐतिहासिक सफलता हाशिल गरेको छ । पछिल्लो ५ वर्षमा निर्माण गरिएका १७ वटा मोटररेवल पक्की पुल, १००० कि. मि. भन्दा बढि लम्बाईमा गरिएको आन्तरिक सडकको कालोपत्रे , अन्तराष्ट्रिय प्रर्दशनी मण्डप नमुना अटो भिलेज, अन्तराष्ट्रिय गुणस्तरका ढुवानी ग्राम आदिले देश विदेशका ठूला ठूला बहुउद्देशिय लगानीकर्ताहरुलाई आर्कषित गरेको छ ।

समग्रमा कुनै पनि शहर आर्थिक राजधानीका रुपमा परिभाषित हुनका लागि आवश्यक पर्ने सम्पूर्ण आधारहरु बुटवलमा स्थापित र सञ्चालित रहेको कारणले गर्दा बुटवल नेपालको आर्थिक राजधानीका लागी उपयुक्त स्थान रहेको छ । देशको अर्थतन्त्र भित्र रहेका आधारभूत सबालहरु के उत्पादन गर्ने ? , कसरी उत्पादन गर्ने ?, कसका लागी र किन उत्पादन गर्ने आदिको कुरामा प्रत्यक्ष रुपमा बुटवलको आर्थिक गतिविधिले नीतिगत र व्यवहारिक रुपमा हस्तक्षेप गर्न सक्ने ल्याकत राख्ने भएकोले गर्दा पनि बुटवल आर्थिक राजधानी नै हो ।
हुमराज भुसाल

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।