ताजा अपडेट »

एमाले प्रवेश गरे एकीकृत समाजवादी स्याङजाका सचिव

सोमबार, १९ बैशाख २०७९, २१ : ३७
10 Shares

पोखरा । नेकपा एकीकृत समाजवादी स्याङजाका सचिव एमाले प्रवेश गरेका छन् । टिकाराम नेपालीलाई एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले प्रवेश गराएका हुन् ।

उनीसँगै अनेरास्ववियूका केन्द्रिय उपमहासचिव मेघनाथ चापागाईं, प्रदेश सदस्य नेत्रबहादुर थापा, जिल्ला सचिवालय सदस्य मनोज बराल लगायत एमाले प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्दै उनीहरुले यसअघि आफूले बाटो बिराएको बताएका छन् । उपमहासचिव गुरुङले सबैलाई एमालेमा समाहित हुन आह्वान गरे ।-न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।