ताजा अपडेट »

सिकलसेल एनिमियाका बिरामीको निःशुल्क उपचार गर्ने प्रतिबद्धता

सोमबार, १९ बैशाख २०७९, २० : ०९
6 Shares


सैनामैना । आगामी ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनका तर्फबाट सैनामैना नगरपालिकाको प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्माले थारु जातिमा हुने सिकलसेल एनिमियाका बिरामीको निःशुल्क उपचारको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले थारु जातिमा रक्त अल्पताका कारण हुने यो रोगका विरामीलाई सैनामैनाका जनप्रतिनिधिले कुनैपनि उपचारको व्यवस्था नगरेको बताउँदै प्रमुखका उम्मेदवार शर्माले आफूहरु निर्वाचित भएमा सिकलसेल एनिमियाका वबरामीको निःशुल्क उपचार गर्ने प्रतिवद्धता जनाएका हुन्।

उनले सिकलसेल एनिमियाको रोगसंगै सैनामैनामा अरु क्यान्सर, मृगौला र मुटु रोगका विरामी समेत रहेको र उनीहरुको समेत भरपर्दो उपचारको व्यवस्था नभएकोले अब आफूहरुले उनीहरुको उपचारका लागि समेत ध्यान दिने प्रतिबद्धता जनाए।

सैनामैनामा सोमबार आयोजित चुनावी सभालाई सम्वोधन गर्ने क्रममा प्रमुखका उम्मेदवार शर्माले त्यस्ता विरामीको उपचारमा सहयोग मात्र नभै बुटवलसम्म उपचारका लागि जानुपर्दाको निःशुल्क यातायातको व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार नेकपा माओवादी केन्द्रका मानवहादुर महतले गठबन्धनका उम्मेदवारहरुलाई जनताले भोट दिए सुनौलो र नौलो सैनामैना बनाउने प्रतिबद्धता जनाए ।

उनले अहिलेका जनप्रतिनिधि जस्तो अँध्यारो कोठामा बसेर ठेक्कामा भाग खोज्ने काम आफूहरुले कहिल्यै नगर्ने प्रतिवद्धता जनाउँदै सैनामैनालाई बस्न लायक नगर बनाउने योजना आफूहरुको रहेको बताए ।

यसैगरी गठबन्धनका उम्मदेवारहरुले सैनामैनाका विभिन्न वडामा घरदैलो अभियानलाई तीब्र बनाएका छन । घरदैलोमा संलग्न उम्मेदवारहरुलाई सैनामैनाका विभिन्न वडामा स्वागत गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।