ताजा अपडेट »

आगलागीमा बालबालिकासहित ८ जनाको मृत्यु

सोमबार, १९ बैशाख २०७९, १३ : २१
20 Shares


मनिला । फिलिपिन्सको राजधानी मनिलानजिकै सयौँ घरमा आगलागी हुँदा ६ बालबालिकासहित ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे लागेको आगलागीमा ८० भन्दा बढी घर जलेका छन् । 

क्युजोन शहरकोे भीडयुक्त बस्तीमा रहेको घरको दोस्रो तल्लामा आगो लागेको थियो । आगलागीको कारण खुलेको छैन । आगो निभाउन करिब दुई घण्टा लागेको थियो । मृत्यु हुनेमध्ये ६ जना बालबालिका  छन् । ‘घरमा हल्का सामाग्री थियो । आगलागी हुँदा मानिसहरू स्तब्ध भए’, ग्रेग बिचायडाले भने । -एजेन्सी 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।