ताजा अपडेट »

स्रोत नखुलेको ४ लाख रुपैयाँसहित एक युवक पक्राउ

आइतबार, १८ बैशाख २०७९, २० : १९
18 Shares

वैशाख । श्रोत नखुलेको चार लाख रुपैयाँसहित महोत्तरी प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-१२ थरुवाही बस्ने १९ वर्षीय सुजित मण्डल रहेका छन् ।

भारतबाट व्याग बोकेर पैदल नेपालतर्फ आउँदै गरेका मण्डललाई जलेश्वर नगरपालिका-३ स्थित भन्सार कार्यालय अगाडिबाट पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मण्डलले बोकेको व्यागबाट चार सय थान एक हजारको नोट बरामद भएको छ । उनलाई नियन्त्रणमा लिएर जलेश्वर भन्सार कार्यालयको जिम्मा पठाइएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।