ताजा अपडेट »

रुपन्देहीको शुद्धोधनमा जसपाको चुनावी प्रशिक्षण

आइतबार, १८ बैशाख २०७९, १७ : ४८
4 Shares

बुटवल । जनता समाजवादी पार्टी, नेपालले शुद्धोधन गाउँपालिकामा चुनावी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। आइतबार वडा नं १ शिशैमाचुनावी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रमका मुख्य प्रशिक्षकको रूपमा रहेका पार्टीका केन्द्रीय सदस्य मनिकर कार्कीलेपार्टीको नीति, विचार र सिद्धान्तमाथि प्रकाश पार्दै चुनावी रणनीतिबारे कार्यकर्ताहरूलाई प्रशिक्षण दिएका छन्।

मुख्य प्रशिक्षक कार्कीले जनता समाजवादी पार्टीले अहिलेको नेपाली समाजको समकालीय एजेण्डाको नेतृत्व गर्दै राज्यकोपुनर्संरचनासँग जोडिएका अपुरा र अधुरा कार्यहरू सम्पन्न गरी मुलुकलाई विकास, समृद्धि, प्रगति र उन्नतिको दिशामा अग्रसर गराउनेलक्ष्य रहेको बताए।उनले पुराना पार्टी र तिनका नेतृत्वले देशको शासन व्यवस्था बदल्ने आन्दोलनको नेतृत्व लिइसकेकोले अब जनताको अवस्था बदल्नेअभियानको नेतृत्व गर्ने नसक्ने भएकाले विकल्पका लागि जसपा समावेशी नेतृत्वसहित अगाडि बढेको बताए।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका तर्फबाट शुद्धोधन गाउँपालिका अध्यक्ष पदका उम्मेदवार भरथरी यादवले समावेशितालाई व्यवहारमै प्रयोग गर्ने जसपा आफ्ना लागि घर भएको बताउँदै जसपा नै अबको निर्विकल्प शक्ति हुने बताए। कार्यक्रमलाई जसपा शुद्धोधन गाउँपालिका कार्यसमितिका अध्यक्ष तौलश्वर लोध, वडा नं १ का वडा अध्यक्ष पदका उम्मेदवार उदयराज गडेरिया (बाबुरामपाल)लगायतले बोल्दै शुद्धोधनमा जसपाको स्थिति निकै मजबूद रहेको बताए।

यसैबिच जसपा शुद्धोधनले वडा नं १ मा आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि वडाका सबै टोलमा चुनावी परिचालनटोल समिति गठन गरेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।