ताजा अपडेट »

रुपन्देहीको देवदहबाट ७ नाल भरुवा बन्दुकसहित ४ जना पक्राउ

आइतबार, १८ बैशाख २०७९, ११ : ५०
28 Shares

बुटवल । रुपन्देहीको देवदहबाट अवैध हातहतियारसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो देवदह-६ , पाल्पाली सामुदायिक वनभित्र अवैध हतियारसहित उनीहरु पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार चोरी शिकारीमा निस्केका उनीहरुको साथबाट ७ नाल भरुवा बन्दुक, बारुद ३२७ ग्राम, सिसाको छर्रा १२९ थान, केप ७५ थान र पेचकस २ थान पक्राउ गरिएको छ । यसैगरी फलामको चक्कु २ थान बरामद गरिएको प्रहरीले जनाएको छ । 

शनिबार दिउँसो हतियारसहित पक्राउ पर्नेहरुमा रुपन्देहीको देवदह नगरपालिका-६ सटाकखोला बस्ने ३६ वर्षीय गणेश राना, सोही ठाउँका ४६ वर्षीय कृष्ण बहादुर कामी, ३६ वर्षीय चेत बहादुर दर्लामी र ५० वर्षीय सुन बहादुर आले रहेका छन् ।  उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।