ताजा अपडेट »

बुटवल रक्सको लाइभ म्यूजिक कन्सर्ट : ६ व्याण्डले गाए दर्जनौं गीत

शनिबार, १७ बैशाख २०७९, २१ : ५८
4 Shares

बुटवल । बुटवल रक्सको लाइभ म्यूजिक कन्सर्ट सम्पन्न भएको छ । कार्यक्रम बुटवल सेरोफेरोमा रहेका संगीतिक व्याण्डहरुको साझा समूह ‘बुटवल रक्स’को आयोजनामा शनिबार बुटवलको द कन्सेप्टमा भएको हो । कोभिड महामारीपछि पुनःसक्रियताका साथ अगाडि बढेको सांगीतिक समूहले लाइभ म्यूजिक कन्सर्टमा २ दर्जन बढी गीत प्रस्तुत गरेको बुटवल रक्सका अध्यक्ष तथा चर्चित गायक बसन्त श्रेष्ठले बताए ।

कार्यक्रममा रक्जिन ,अमाध्यम, द नेमेसिस, नाद व्याण्ड सिन्थेसिस नेपाल र द नेचर व्याण्डको प्रस्तुती थियो । समूहमा बुटवल, भैरहवा,सैनामैना ,पाल्पा लगाएतका क्षेत्रहरुबाट १५० भन्दा बढी सदस्य रहेका छन् । लाइभ म्यूजिक कन्सर्टमा एउटा व्याण्डले ३देखि ५ वटा गीत प्रस्तुत गरेको गायक श्रेष्ठले बताए । कार्यक्रममा अजय कार्की र जिना गुरुङसँग कोलाबोरेसनमा प्रस्तुती दिएका थिए ।

सो अवसरमा केहि महिनाअघि सार्वजनिक भएको नेपाली चलचित्र जगतका महानायक राजेश हमाल अभिनित अजय कार्कीको ‘हामी देश बचाऊँ‘’ भन्ने गीत पनि प्रस्तुत गरेका थिए । समूहले हरेक वर्ष सामूहिक लाइभ म्यूजिक कार्यक्रम गर्दै आएको छ । शनिबार सम्पन्न कन्सर्ट चौथौं संस्करणको कार्यक्रम हो ।

‘पहिलेको वर्षमा हरेक पटक–फरक फरक ब्याण्डहरुको दमदार प्रस्तुति भएसँगै यस पटकको कार्यक्रम परिस्कृत र उत्साहजनक रुपमा सम्पन्न भएको छ ।’ अध्यक्ष श्रेष्ठले भने । स्थानीय ६ व्याण्डका दर्जनौं कलाकारको प्रस्तुती एकैदिन एकैठाउँ भएको उक्त कन्सर्टमा २ सय ५० जना भन्दा बढीले सहभागिता जनाएको द कन्सेप्टका प्रबन्ध निर्देशक अतित थापाले जनाए ।

कार्यक्रममा विभिन्न व्याण्ड तथा कलाकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमले स्थानीय व्याण्डहरुको पहिचानसँगै एकता कायम गर्दै अगाडि बढ्न प्रेरित गरेको बुटवल रक्सका अध्यक्ष बसन्त श्रेष्ठले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।