ताजा अपडेट »

वालिङमा जनतासँग उमेद्वार : विकास निर्माणमा राजनीति नगर्न आग्रह

शनिबार, १७ बैशाख २०७९, २० : ५१
4 Shares

वालिङ । अकला आवाज साप्ताहिक र नेपाल स्वंयसेवक सञ्जाल वालिङको आयोजना वालिङ उद्योग वाणिज्य संघमा आयोजित जनतासँग उमेद्वार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेकपा एमालेका तर्फबाट मेयर पदका प्रत्यासि कृष्ण खाँणले आफ्नो घोषणापत्रमा धारणा राख्दै मेयर पदलाई मालिक र जनतालाई रैती ठान्ने प्रवृतिको अन्त्य गर्ने बताए । उनले मेयर साहेब बनेर नबस्ने जनताको सवेक बन्ने समेत प्रण गरेको थिए ।

उनले वालिङलाई स्वरोजगारमूलक र मौलिक स्रोतको परिचानलमा उत्कृष्ट बनाईने बताए । त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका मेयरका प्रत्यासी एवं निवर्तमान मेयरसमेत रहेका दिलीप प्रताप खाँणले चुनावमा लाग्नेहरुले नगरपालिकाको बारेमा भ्रम सिर्जना नगर्न आग्रह गरेका थिए ।

उनले नगरपालिकाको सडक विस्तार कार्यक्रमले दुर्घटनामा न्युनिकरण भएको भन्दै बाकी ५ वर्षमा स्मार्ट वालिङको बाकी योजना पूरा गर्ने दाबी गरे यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका मेयरका प्रत्यासी नित्यानन्द तिवारी, राप्रपाका मेयरका प्रत्यासी पूर्ण बहादुर क्षत्री, स्वतन्त्रका प्रत्यासी राजेन्द्र गैरे लगायतले आफ्नो घोषणापत्रसहित प्रतिबद्धता व्यक्त गरेका थिए ।

वालिङ नगरपालिकाका वडाध्यक्षसहित मेयरहरुको प्रत्यासी सहभागी भएको कार्यक्रममा ३ दर्जनबढी प्रस्नहरु उठेका थिए । उठेका प्रस्नहरुमध्येबाट आयोजकले सम्पादन गरिएका प्रस्नहरुलाई मेयर, उपमयेर एवं वडाध्यक्षहरुले उत्तर दिएका थिए । वालिङ नगरपालिकामा चर्चाको रुपमा रहेको दुई खाणँविचको लडाईलाई प्रतिष्ठाको रुपमा लिईएको भन्दै आएको प्रस्नमा दुवैजना प्रत्यासिले उत्तर दिदैं राजनीतिमा सबै कुरा सम्भव भएको बताए ।

दुवैजनाले स्वस्थ प्रतिस्पर्धा गर्ने र जसको जीत भएपनि वालिङको योजना पूरा गर्न सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए । अकला आवाज साप्ताहिक र नेपाल स्वयंमसेवक सञ्जालको आयोजनामा सम्पन्न कार्यक्रममा वालिङका २ सयबढी मतदाताको सहभागीता रहेको थियो भने प्रतिनिधीमुलक प्रस्नहरुलाई स्थान दिईएको थियो ।

वालिङमा पहिलोपटक उमेद्वारसँग साक्षात्कार कार्यक्रमले वालिङका मतदातालाई सकरात्मक सन्देस प्रवाहा गरेको अकला आवाज साप्ताहिकका अध्यक्ष तथा प्रधानसम्पादक प्रकास डुम्रेले बताए । डुम्रेले सबै उम्मेदवारलाई विभिन्न माध्यमबाट आएका प्रश्न र प्रतिक्रियाले थप जिम्मेवार र जवाफदेही बनाएको बताए । सञ्जालका वालिङ अध्यक्ष केदार गैह्रेको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सहजकर्ताको रुपमा टिकराज गुरुङले गरेका थिए भने समन्वय गोपाल गैह्रे र निलकण्ठ गैह्रे गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।