ताजा अपडेट »

पाल्पामा गठबन्धनलाई जिताउन कतै चुनावी सभा, कतै घरदैलो

शनिबार, १७ बैशाख २०७९, १८ : ५६
4 Shares

पाल्पा । पाल्पामा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन कतै चुनावी सभा त कतै घरदैलो कार्यक्रम भएका छन् । यहाँ २०७४ को निर्वाचनमा एमालेले कब्जा गरेका पालिकाहरुमा समेत आफ्ना उम्मेदवारहरुलाई विजयी गराउने गरी पाँच दलीय गठबन्धनले घरदैलो कार्यक्रमदेखि चुनावी सभाहरुलाई व्यापक बनाएको छ ।

जिल्लाका १० वटै स्थानीय तहमा काँग्रेससहितको गठबन्धनले आफ्ना उम्मेदवारलाई विजयी बनाउन मतदाताहरु समक्ष अपिल गर्दै आएको छ । ५ दलिय गठबन्धनले शनिबार रिब्दीकोट गाउँपालिका–२ देउरालीमा संयुक्त चुनावी सभा गरेको छ । रम्भा गाउँपालिका ३ पिपलडाँडामा पनि चुनावी सभा तथा उम्मेदवार परिचय कार्यक्रम भएको छ । यसैगरी तिनाउ गाउँपालिमा–५ विस्कुनडाँडामा गठबन्धनको चुनावी सभा भएको छ ।

घरदैलो तथा चुनावी अभियानलाई तीब्रता दिएको गठबन्धनले जिल्लाको शनिबार बगनासकाली गाउँपालिका पोखराथोकमा घर दैलो अभियान गरेको छ । अध्यक्षका उम्मेदवार सुनिता अधिकारी, उपाध्यक्षका उम्मेदवार कमल पाण्डे लगायतका वडाका अध्यक्ष, सदस्यहरु घरदैलोमा व्यस्त छन् । माथागढी गाउँपालिकामा पनि नेपाली काँग्रेसका उम्मेदवारहरु घरदैलो अभियानमा छन् । पालिका अध्यक्षका उम्मेदवार सन्तोष थापा मगर, उपाध्यक्षका उम्मेदवार विजया भट्टराई लगायतले संयुक्त रुपमा घरदैलो गरेका हुन् । रामपुर नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, पूर्वखोला गाउँपालिका, तानसेन नगरपालिकामा पनि गठबन्धनका उम्मेदवारहरु घरदैलोमै व्यस्त छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।