ताजा अपडेट »

बुटवलबाट दुई बालिका बलात्कार आरोपमा एक युवा पक्राउ

शनिबार, १७ बैशाख २०७९, १८ : ३६
10 Shares

बुटवल । रुपन्देहीमा दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

११ र सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुटवल उपमहानगरपालिका-३ बस्ने रोल्पाको लुङ्गी गाउँपालिका-४ घर भएका २० वर्षीय भूपेन्द्र पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।

गएको चैत २१ गते पोखरेलले बालिकाहरूलाई बुटवल उपमहानगरपालिका–३, तिनाउ खोला बगरमा ललाइफकाइ जबरजस्ती करणी गरेको सूचनापछि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरिएको जनाएको छ । ती युवकलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।