ताजा अपडेट »

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको टायर पञ्चर, विमानस्थल अवरुद्ध

शनिबार, १७ बैशाख २०७९, १५ : ५९
37 Shares


बुटवल । भैरहवाबाट काठमाण्डौ उड्न ठिक्क परेको बुद्ध एअरको जहाजको पांग्रा पड्किएको छ । उडान नम्बर ८५६ को जहाजको यात्रु भरेर उडानको लागि स्पीड लिने क्रममा रन वे मै अघिल्लो पांग्रा पड्किएको हो । अहिले विमानस्थलकाे उडान र अवतरण अवरुद्ध भएको छ ।

अर्को जहाजबाट काठमाण्डौ पठाउन थालिएको र जहाजलाई प्राविधिक टिमले जाँच गरिरहेको बुद्ध एअरले जनाएको छ ।विमानमा रहेका यात्रुहरू सकुशल रहेको विमानस्थलले जनाएको छ। विमानमा ७० जना यात्रु रहकाे थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।