ताजा अपडेट »

नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवमा विभिन्न कार्यक्रम गरि मनाइयो

शुक्रबार, १६ बैशाख २०७९, २० : ३१
6 Shares

भैरहवा । नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सव सिद्धार्थनगर कार्यालयले बिभिन्न कार्यक्रमहरु गरी मनाएकोे छ । बार्षिकोत्सवको अवसर पारी बैंकले अन्तरबैंक फुटबल प्रतियोगिता गरेको थियो ।

नेपाली सेना कालीभक्तीगणको खेल मैदानमा बैशाख १० गते भएको खेलमा नेपाल राष्ट्र बैंक र लुम्बिनी प्रदेशका बैक तथा वित्तीय संस्थाहरुबाट छनौट भएका ६ वटा टीम बीच प्रतियोगिता भएको थियो । उक्त प्रतियोगिताको फाइनलमा नेपाल राष्ट्र बैंकको टीम र विकास बैंक टीम बीच प्रतिस्पर्धा भई विकास बैंकको टीम २(० गोल अन्तरले विजयी भएको थियो । त्यसैगरी बैशाख १२ गते अन्तरबैंक म्याराथन प्रतियोगिताको आयोजना गरिएको थियो ।

देवकोटाचोक देखि आंखा अस्पताल हुंदै बेलहियाको पर्यटकिय गेटसम्म करिब ५ किलोमिटरको दूरीमा सम्पन्न भएको उक्त म्याराथन प्रतियोगितामा नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु गरि करिब १ सय २५ भन्दा बढी सहभागी भएका थिए । उक्त म्याराथन प्रतियोगितामा पुरुष तर्फ नेपाल राष्ट्र बैंकका राजन थापा मगर प्रथम, होम बहादुर गर्तौला द्धितीय र गरिमा विकास बैंकका संजय गुरुङ्ग तृतिय भएका थिए ।
त्यसैगरी महिला तर्फ नेपाल राष्ट्र बैंक कै रञ्जना पण्डित पौडेल प्रथम, माछापुच्छे बैंकको पवित्रा बस्नेत द्धितीय तथा मेगा बैंकका हिरा पाण्डे तृतीय भएकी थिईन ।

यस्तै कार्यालयले वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुका बीच आयोजना गरिएका ब्याटमिन्टन डबल्स प्रतियोगितामा शिशिर शर्मा र सन्दिप रसाईलीको टोली प्रथम भएको थियो भने केशव श्रेष्ठ र राजन थापा मगरको टोली द्धितीय भएको थियो । टेबल टेनिस सिंगल प्रतियोगितामा शिशिर शर्मा प्रथम र राजन पोख्रेल द्धितीय स्थान हासिल गरेका थिए । कर्मचारीहरुको छोराछोरीहरु बीच बालचित्रकला प्रतियोगिता दुई समुहमा गराइएको थियो ।

समुह “क” अन्र्तगत नर्सरी देखि कक्षा एकसम्मको प्रतिस्पर्धामा सहायक निर्देशक निर्मला दाहालकी छोरी काब्या दाहाल प्रथम, सहायक निर्देशक देवराज ज्ञवालीकी छोरी देवान्सी ज्ञवाली द्धितीय र प्रधान सहायक कमल प्रसाद आचार्यका छोरा प्रनिश आचार्य तृतीय स्थान हासिल गरेका थिए । त्यसैगरी समुह “ख” अन्र्तगत कक्षा २ देखि कक्षा ५ सम्मको बाल चित्रकला प्रतियोगितामा प्रधान सहायक सुबाष चन्द्र चौधरीका छोरीहरु शिखा चौधरी र सृष्टि चौधरीले क्रमशः प्रथम र द्धितीय र उप निर्देशक गुलाब धवलका छोरा सनम धवलले तृतीय स्थान हासिल गरेका थिए ।

त्यसैगरी कर्मचारीहरुका बीच अन्तरफांट हाजिरीजवाफ प्रतियोगितामा बैंकिङ्गफांट समुहका प्रधान सहायक कमल प्रसाद आचार्य, प्रधान सहायक केशव श्रेष्ठ र सहायक दीपक भुसालको टोली प्रथम भयो भने मुद्रा व्यवस्थापन फांट समुह “ख” टोलीका प्रधान सहायक भविस्वोर पोख्रेल, सहायक सुनिल कुमार अर्याल र सहायक कबिता के.सी.को टोली द्धितीय भएको थियो ।
कार्यालयका पुरुष कर्मचारीहरुका श्रीमती र महिला कर्मचारीको सहभागितामा हन्डीफोर प्रतियोगिता आयोजना गरिएकोमा सहायक नविन आचार्यकी श्रमिती ज्योती अधिकारी र सहायक कबिता के.सी. बिजेता भएका थिए ।

बैशाख १४ गते वार्षिकोत्सवको दिन सम्पुर्ण कर्मचारीहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । ¥याली देवकोटाचोक स्थित नेपाल राष्ट्र बैंकको कार्यालयबाट शुरु भई आवारोड, बिद्रोहीचोक, मिलनचोक, बैंकरोड हुदै पुनः कार्यालयमा पुगेर समापन भएको थियो । प्रभातफेरी कार्यक्रम पश्चात कार्यालयको प्राङ्गडमा वृक्षारोपण पनि गरिएको थियो । सोही दिन अपरान्ह कार्यालयमा एक समारोह आयोजना गरी विभिन्न खेलकुद कार्यक्रमहरुका विजेता खेलाडिहरुलाई पुरस्कार एवम् प्रमाणपत्र वितरण, सहयोगीहरुलाई प्रशंसापत्रबाट सम्मान गरिएको थियो । सोही समारोहमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी वार्षिकोत्सवका सम्पुर्ण कार्यक्रमहरु समापन गरिएको थियो ।

बैशाख १४ गते सिद्धार्थनगर कार्यालयको सभाकक्षमा आयोजित वार्षिकोत्सव मुल समारोहमा निर्देशक रञ्जना पण्डित पौडेलले नेपाल राष्ट्र बैंकको स्थापना काल देखिका आरोह अवरोहको बारेमा चर्चा गर्दै डिजिटाइजेसनको युगसम्म आउदाका चुनौतीहरु सामना गर्दै नेपाल राष्ट्र बैंक समग्र वित्तीय स्थायित्वको लागि अगाडि बढी रहेको बताईन । उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक पुर्व कर्मचारी संघ सिद्धार्थनगर शाखा समिति अध्यक्ष शिवहरि अर्यालले बैंकले पुर्व कर्मचारीहरुको योगदानको चर्चा गर्नुका साथै पुर्व कर्मचारीहरुका समस्या लिएर अगाडि बढ्न बैंकमा क्रियासिल कर्मचारी यूनियनहरुलाई आग्रह गरे ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्मचारी संघ शाखा समितिका अध्यक्ष कृष्ण प्रसाद भट्टराई, नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपाल राष्ट्र बैंक शाखा समितिका अध्यक्ष देवराज ज्ञवालीले बोलेका थिए । उप निर्देशक तथा अतिरिक्त क्रियाकलाप समितिका संयोजक जीवन प्रकाश पाण्डेयले स्वागत मन्तब्य रहेको कार्यक्रममको सन्चालन सहायक निर्देशक तथा अतिरिक्त क्रियाकलाप समितिका सदस्य सचिव माधवराज ढकालले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।