ताजा अपडेट »

सुनको मूल्य ९८ हजार रुपैयाँ

विहीबार, १५ बैशाख २०७९, १२ : ०५
10 Shares

काठमाडौँ । सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ । बधबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ ताेकिएकाे छ । चाँदीको भाउ पनि प्रतितोलामा २० रुपैयाँले घटेको छ । बुधबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।