१९ असार २०७९, आईतवार

Jul 3, 2022

बुटवल । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बुटवल उपमहानपालिकामा उपप्रमुख पदका लागि २५ वर्षिया युवतीको उम्मेदारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट उप प्रमुखका लागि भगवती पाण्डेले उम्मेदवारी दर्ता गराएकी हुन् ।

Advertisement

बुटवल-११ को बासिन्दा पाण्डेय राप्रपाको क्षेत्रिय कोषाध्य हुन भने नेपाल ट्रेड यूनियन महासंघको जिल्ला अध्यक्ष हुन् । बुटवलको पुलचोकमा अवस्थित दुर्गा मन्दिरमा पुगी ‘म भ्रष्टाचार गर्दिन ‘- भन्ने प्रण गरेर बुटवल उपमहानगरको निर्वाचन कार्यालयमा आई सोमबार दिउँसो उनले उमेद्वारी दर्ता गराएकी हुन् ।

१६ वर्षको उमेर एसएलसी दिएसँगै राजनीतिमा सक्रिय भएको बताउने उनले अबको नेतृत्व युवाको हातमा जानू पर्ने बताइन् । राप्रपामा रहेर विगत १० वर्षदेखि राजनीतिक जीवन बिताएको तथा अवको नेतृत्व युवामा जानू पर्छ भन्ने मान्यताले नै पार्टीले टिकट दिएको उनले उल्लेख गरिन्।

महिला अधिकारको क्षेत्रमा समेत काम गर्दै आएकी उनी एक सफल उद्यमी पनि हुन् । उनले बुटवलमै केक कोसेली बुटवल सञ्चालन गर्दै आएकी छन् । राप्रपाको तर्फबाट बुटवलको प्रमुखमा मृगेन्द्र शेरचनले उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिकृया दिनुहोस्

Flash News

अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली ! पौडी खेल्ने क्रममा दुई भारतीय नागरिकको मृत्यु तत्कालीन नेकपाका बहुमत सदस्यको भेटवार्ता, के भयो कुराकानी ? सरसफाइका लागि कठोर नीति ल्याउँदै तुलसीपुर चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते जन्ती हिँडेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु फूलहरूलाई के हिउँद, के बर्खा (फोटोफिचर) बुटवल मण्डपको नाम फेर्ने उपमहानगरको निर्णयप्रति व्यवसायिक संघ-संस्थाहरुको असहमति, फिर्ता लिन माग तुलसीपुरका पानी मुहान क्षेत्रमा चुनढुगा उत्खननको तयारी, खानेपानी संस्थाको बिरोध एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल तिलोत्तमालाई युवामैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता छोरी भएर जन्मिनु विडम्बना हो ! अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज हस्ताक्षर किर्ते गरी छ्यालिस लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर पत्रकार पन्थीको ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा विपद्बाट हुने क्षति न्यूनिकरण गर देशको आर्थिक अवस्था गम्भीर संकटमा : प्रचण्ड सेयर बजारमा हरियाली बुटवलमा साइन्स-म्याथ ओलम्पियाड, कान्ति माविका शिशिर प्रथम