May 26, 2022
लस एन्जल्स । हलिवुड शहर क्यालिफोर्निया राज्यको लस एन्जल्समा नेपाली सांगीतिक जगतका चर्चित गायक प्रकाश सपुतले आफ्नो प्रस्तुती दिने भएका छन्।
नेपाली नयाँ वर्षको अवसर पारेर गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका क्यालिफोर्निया राज्य च्याप्टरले कल्याणकारी कोष स्थापनार्थ आयोजना गरेको सांगीतिक साँझमा सपुतले मे ८, २०२२ मा आफ्नो प्रस्तुती दिने भएका हुन् ।
उनीसहित गायिका संगिता थापा मगरको पनि प्रस्तुती रहने छ भने कार्यक्रमको संचालनका लागि मिस इन्टरकन्टिनेन्टल नेपाल २०२० तथा मिस ग्रान्ड नेपाल २०१९ बिजेता निशा पाठकले गर्ने एनआरएनए अमेरिकाका पश्चिम क्षेत्रका पूर्व क्षेत्रीय संयोजक रोशन अधिकारीले जानकारी दिएका छन् ।
कल्याणकारी कोष स्थापना गरी आपतमा परेका नेपालीलाई सहयोग पुर्याउने उद्देश्य राखी कार्यक्रमको आयोजना गरिएको हालसम्म ५ हजार डलर भन्दा बढि सहयोग संकलन भैसकेको च्याप्टर अध्यक्ष एकदेव शर्माले जानकारी दिए । कार्यक्रमका लागि सम्पूर्ण तयारी पुरा भैसकेको बताउँदैं कार्यक्रम संयोजक च्याप्टरका बोर्ड अफ डाईरेक्टर जोसेफ घलेले टिकटदर ५० डलर राखिएको बताए ।
प्रतिकृया दिनुहोस्