ताजा अपडेट »

बसले कारलाई ठक्कर दिँदा कारमा सवार ५ जनाको मृत्यु

आइतबार, ११ बैशाख २०७९, २२ : २७
6 Shares

धादिङ । बसले कारलाई ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ। आइतबार काठमाडौंबाट धादिङबेँसी जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०१–०२५ च २९६८ नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कार चालकसहित ५ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ट्याक्सीलाई ओभरटेक गरेको कार ओरालोमा तीव्र गतिमा आएको बससँंग ठोक्किँएपछि दुर्घटना भएको हो। 

नेपाल घुम्नका वैशाख ७ गते नेपाल आएका भारतीय नागरिक आइतबार पोखराबाट काठमाडौं फर्कदै थिए। उनीहरुले दिल्ली उड्ने टिकट गरिसकेको भेटिएको प्रहरीले बताएको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।