ताजा अपडेट »

बुटवलको काँग्रेसमा गठबन्धनले ल्यायो विवाद, सय बढी युवाले दिए राजिनामा

आइतबार, ११ बैशाख २०७९, २० : ३७
6 Shares

बुटवल । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित पाँच दलका केन्द्रिय नेताहरुले गठबन्धनमार्फत टुङ्गो लगाएको स्थानीय तहका उम्मेदवारीको देशभर बिरोध भएको छ । स्थानीय पार्टीका नेता, कार्यकर्ता यो गठबन्धनबाट सन्तुष्ट छैनन् । धेरै ठाउँमा गठबन्धनको बिरोध गर्दै पार्टीबाट राजीनामा दिने लहर चलेको छ ।

देशकै राजनीतिको केन्द्र मानिने रुपन्देहीमा गठबन्धन पार्टीमा बिबाद उत्पन्न भइरहेको छ । मनोनयन दर्ताको पहिलो दिन आईतबार अबेर नेपाली काग्रेस पार्टी, वडा नम्बर ३ मा पार्टीका विभिन्न पदाधिकारीसहित १ सय ५ सदस्यहरुले राजीनामा दिएका छन् । केन्द्रको भागबन्डाको क्रममा सो वडामा एकिकृत नेकपा माओबादीका बिष्णु ढकाललाई वडाअध्यक्ष दिने भएको भन्दै यसको बिरोधमा स्थानीय काँग्रेसका सक्रिय पदाधिकारी तथा सदस्य कार्यकर्ताहरुले राजीनामा दिएका हुन । वडामा बलियो उम्मेरबार मानिएका नेपाली काँग्रेस पार्टीका आनन्द भगत श्रेष्ठलाई पाखा लगाउँदै गठबन्धनको नाममा अन्य पार्टीको उम्मेदबारलाई आफूहरुले भोट नहाल्ने उनिहरुको तर्क छ ।

सामुहिक राजिनामा दिनेहरुमा क्षेत्रिय प्रतिनिधि प्रकाश गुरुङ, मनोज श्रेष्ठ, वडा सचिव अमृत खड्का, सहसचिव राजकुमार थापा लगायतका युवाहरु रहेका छन । यसअघि पनि क्षेत्रिय सभापतिसहित धेरैले राजीनामा दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।