ताजा अपडेट »

बुटवलमा तोडियो गठबन्धन, जसपाबाट मेयर र उपमेयर दुबैमा उमेद्वारी

आइतबार, ११ बैशाख २०७९, १६ : ४८
4 Shares

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा ५ दलीय गठबन्धन तोडिएको छ । गठबन्धन दलमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले मेयर र उप मेयर दुबै पदमा उमेद्वारी दर्ता गराएको छ ।

मेयर पदका लागि सुरज हितान मगर र उपमेयरमा सम्झना पौडेलले उमेद्वारी दर्ता गराएका हुन् । आईतबार बुटवल उपमहानगरको निर्वाचन कार्यालयमा गएर उनीहरुले उमेद्वारी दर्ता गराएका हुन् । समय अभावका कारण वडा अध्यक्ष तथा सदस्यहरुको उमेद्वारी भोलि दर्ता गराइने जसपा नगर इन्चार्ज सुरज हितान मगरले बताए । जसपाले गठबन्धन भित्र आफूहरुको सम्मानजनक उपस्थिती नभएको भन्दै लुम्बिनी प्रदेशभरी नै एकल रुपमा निर्वाचनमा जाने तयारी गरेको छ ।

लामो समय सहमतिका लागि छलफल तथा प्रयास गर्दा पनि कुरा नमिलेपछि अन्तिममा आएर उमेद्वारी दर्ता गराइएको जसपा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सह ईन्चार्ज कमल खनालले बताए । गठबन्धनको नेतृत्व गरेको दल नेपाली काँग्रेस जिम्मेवार नभएको बताउँदै उनले आफ्नो पार्टीको अस्तित्व नै।नरहने गरि गठबन्धन अघि बढेपछि एकल रुपमा जान लागेको उल्लेख गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।