ताजा अपडेट »

मित्रवत् प्रतिस्पर्धा गर्ने गठबन्धन आबद्ध दलहरूको निर्णय

शनिबार, १० बैशाख २०७९, २२ : ३७
19 Shares

मुगु । सत्ता पक्षीय गठबन्धन आबद्ध दलबीच मुगुमा स्थानीय तह निर्वाचनमा तालमेल गर्ने विषयमा सहमति जुट्न सकेन । उनीहरूबीच गठबन्धनबारे सहमति नजुट्दा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको छ ।

यही ३० गते हुने स्थानीय तहको दोस्रो निर्वाचनमा सत्ता पक्षीय दलबीच तालमेल गरेर चुनावमा जाने केन्द्रले निर्णय गरेपछि मुगुमा पनि तालमेल गर्न दिनहुँ गठबन्धनका नेताहरू जुट्ने गरेका थिए ।

शुक्रबार पालिका प्रमुख र उपप्रमुख बारे सहमति नजिक पुगेका दलबीच शनिबार वडा बाडफाडमा सहमतिमा पुग्न नसकेपछि सत्ता पक्षीय दलसँग मात्र स्थानीय तहमा आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने तर अन्य दलसँग तालमेल गर्न नपाउने, चुनावमा सत्ता पक्षीय दलबीच मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गर्दै बैठक टुंगिएको कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीले बताए ।

जिल्लामा सहमति हुन नसकेपछि पालिका स्तरमा सत्ता पक्षीय दलबीच तालमेल हुने विश्वास लिइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।