ताजा अपडेट »

तुलसीपुरको मेयरमा गठबन्धनबाट गेहेन्द्र भिड्दै

शनिबार, १० बैशाख २०७९, १८ : ४०
6 Shares

दाङ । तुलसीपुर उपमहानगरपालिकाको मेयरमा सत्तापक्ष गठबन्धनबाट गेहेन्द्र गिरी भिड्ने भएको छ । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका गिरीलाई नै उम्मेदवार बनाउने गरि केन्द्रले समेत प्रदेशलाई निर्देशन दिएको थियो । त्यही अनुसार प्रदेशले गिरीको नाम टुंग्याउने तयारी रहेको महाधिवेशन प्रतिनिधि अरुण लहरेले बताए ।

पूर्वसांसद समेत रहेका गिरी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाट तुलसीपुरको मेयरमा उम्मेदवार बनेका थिए । तर, त्यतिबेला एमालेका उम्मेदवार घनश्याम पाण्डेले विजयी हासिल गरेका थिए । पाण्डेले २२८५७ मत प्राप्त गरेका थिए, भने गिरीले १८९०३ मत प्राप्त गरेका थिए । उनी २०५६ सालको आम निर्वाचनमा दाङ क्षेत्र नं। ४ बाट निर्वाचित भएका थिए ।

तरुण सहयोग समितिको सदस्य भएका गिरीले ०२३ सालमा कांग्रेसको पार्टी सदस्यता प्राप्त गरेका हुन् । त्यसयता प्रशासनको तारो बनेका उनी ०२९ सालसम्म भारतमा निर्वासित जीवन बिताएर ०३० सालमा नेपाल फर्किएका थिए। २०३० सालदेखि २०३४ सालसम्म बन्दी जीवन बिताएका गेहेन्द्र पञ्चायत विरुद्ध बहुदलको पक्षमा आन्दोलन चर्किन थालेपछि रिहा भएका थिए । २०४९ सालदेखि ०५८ सालसम्म नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य हुँदै दुई कार्यकालसम्म सभापति भएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।