ताजा अपडेट »

बुटवलमा सम्पन्न राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगलतर्फको उपाधि प्रिन्स र महिलातर्फको रसिलालाई

शनिबार, १० बैशाख २०७९, १८ : ०९
6 Shares

बुटवल । बुटवल व्याडमिन्टन क्लबद्वारा आयोजित दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगलतर्फको उपाधि बीरगञ्ज एग्रोका प्रिन्स दाहाल र महिलातर्फको आर्मीकी रसिला महर्जनले जितेका छन् ।

प्रिन्सले आर्मीका प्रफुल्ल महर्जनलाई २ एकको सेटले पछाडि पार्दै उपाधि रक्षा गरेका हुन । त्यस्तै रसिलाले सशष्त्र प्रहरीकी जेसिका गुरुङलाई उपविजेतामा रोक्दै महिलाको उपाधि चुमेकी हुन् ।

शनिबार भएको भेट्रान्स ४५ वर्षमाथि समू्हबाट कास्कीका नरबहादुर गुरुङ र शम्भुकुमार श्रेष्ठको जोडीले सोझो सेटमा उपाधि जितेको हो । आरसी काठमाण्डौं डाउनटाउनका श्याम पराजुली र नवीनबाबु श्रेष्ठको जोडीलाई कास्कीका नरबहादुर शम्भुकुमारले हराउदै उपाधी चुमेका हुन् ।

यस्तै भेट्रान्स ५५ वर्षमाथिकोमा कैलालीका शुरेश बम र विष्णुलाल श्रेष्ठको जोडीले २ एकको सेटमा उपाधि रक्षा गरेको हो । शुरेश र विष्णुलालले चितवनका बुद्धि चौधरी र मनोजकुमार श्रेष्ठको जोडीलाई हराएको हो ।

यस्तै मेन्स डबलतर्फको उपाधि आर्मीका प्रफुल्ल महर्जन र रुकेश महर्जनको जोडीले चुमेको छ । उनिहरुले एपएिफका दीपेश धामी र बिजित थापामगरको जोडीलाई उपविजेतामा रोक्दै उपाधि रक्षा गरेका हुन् ।

प्रतियोगितामा विजेता उपविजेताहरुलाई नेपाल व्याडमिन्टन संघका केन्द्रिय अध्यक्ष रामजी बहादुर श्रेष्ठ र बुटवल व्याडमिन्टन क्लवका अध्यक्ष गोपाल टण्डनले पुरस्कार मेडल तथा प्रमाणपत्र प्रदान गरेको कार्यक्रम संयोजक शम्भु भट्टराइले बताए। ४ दिनसम्म संचालित प्रतियोगितामा विभागीय टीमसहित राष्ट्रिय स्तरका ९२ टीमको सहभागिता रहेको क्लबका सचिव भरत रानाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।