ताजा अपडेट »

बुटवल उप-महानगरमा एमाले र जनमुक्ति पार्टीबीच चुनावी तालमेल

शनिबार, १० बैशाख २०७९, १७ : २३
4 Shares

बुटवल । बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच चुनावी तालमेल हुने भएको छ । स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलका १९ वडामा ११ जना वडा सदस्यको उम्मेदवार पाउने गरी एमालेसँग तालमेलको सहमति भएको हो ।

अब दुबै दलले चुनाव प्रचार प्रसार अभियान संयुक्त रुपमा सञ्चालन गर्ने एमाले नगर अध्यक्ष किसन ज्ञवाली र राष्ट्रिय जनमुक्ति पार्टीका बुटवल उपमहानगर अध्यक्ष भेकबहादुर सारु मगरले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।