ताजा अपडेट »

तिलोत्तमामा विवेकशील साझाबाट मेयरमा डा: केसी र उपमेयरमा गुरुङ

शुक्रबार, ०९ बैशाख २०७९, २२ : २९
6 Shares

बुटवल । विवेकशील साझा पार्टीले तिलोत्तमा नगरपालिकाको मेयरमा डा अमित केसी र उपमेयरमा रूपा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

मेयरका उम्मेदवार अमित के.सी. दृष्टि रोग विशेषज्ञ हुन् । तिलोत्तमा वडा नं. ७ भलवारी निवासी केसीले २ दशकयता आँखा उपचारको क्षेत्रमा सेवा पुऱ्याउँदै आएका छन् ।

डा. के. सी. विभिन्न सामाजिक सङ्घ-संस्था र अभियानमा पनि आबद्ध छन् । तिलोत्तमा नगरपालिका वडा नं १४ निवासी उपमेयर उम्मेदवार रूपा गुरुङ विगत एक दशकयता शिक्षण पेसामा आबद्ध छिन् । साथै उनले विभिन्न सङ्घ-संस्था र सामाजिक अभियानमा आबद्ध हुनुका साथै शालीन र मेहनती उद्यमीको परिचय बनाएकी छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।