ताजा अपडेट »

रुपन्देहीको रोहिणी पूर्ण खोप सुनिश्चित पालिका

शुक्रबार, ०९ बैशाख २०७९, २१ : ४०
6 Shares

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । १२ वर्ष भन्दा माथिका नागरिकले कोभिडबिरुद्धको खाेप अधिकांशले लिएकोले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

४४ हजार ६ सय ५१ जना जनसंख्या रहेको रोहिणी गाउँपालिकामा १२ वर्ष माथिका ३५ हजार ४४ जना रहेका छन् । पालिकामा ९८ दशमलव ९७ प्रतिशत अर्थात ३४ हजार ६ सय ८६ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य शाखाले जानकारी दिएकाे छ ।

पूर्ण खोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समिति संयोजक सनोज कुमार यादवले कोभिडको समयमा स्वास्थ्यकर्मि एवम महिला स्वास्थ्य स्वयम सेविकाहरुको योगदान सराहनिय रहेको बताए ।

“कोभिडको समयमा अन्य सबै घरभित्र बस्दा तपाईहरु फिल्डमा खटिनु भयो । तपाईहरुको परिवारको चिन्ता लदै रोहिणीका जनताको सेवा गर्नुभयो । तपाईहरुको यो कार्य रोहिणी गाउँपालिकाका जनताले कहिल्यै भुल्ने छैनन्” यादवले भने “अभावै अभावमा काम गरेका स्वयम सेविका र स्वास्थ्यकर्मिको सेवा सुविधाबारे अहिले गाउँपालिकाले ध्यान दिएको छ ।”

पूर्ण खोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा रोहिणी गाउँपालिकाका ७ वटै वडाका ९६ जना महिला स्वास्थ्य स्वयम सेविका, स्वास्थ्यकर्मिलाई रोहिणी गाउँपालिकाले सम्मानित समेत गरेको थियो ।

रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवको अध्यक्षता, निर्वाचन अधिकृत रमिला भण्डारीको बिशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पर्सुराम पोखरेल, निर्वतमा प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने, वडा अध्यक्षहरु सरोज कुमार पाण्डे, ईन्द्रमान चौधरी, बिर बहादुर क्षेत्री, आविद अली, महिला स्वयमसेविका लगायतले बोलेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।