ताजा अपडेट »

लुम्बिनीको दाङमा ८५ जनप्रतिनिधिले दिए राजीनामा

शुक्रबार, ०९ बैशाख २०७९, १९ : ०९
10 Shares

दाङ ।  दाङमा एक पालिका प्रमुखसहित ८५ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । वैशाख ३० मा हुने स्थानीय तह चुनावमा उमेदवारी दिनका लागि कार्यकाल सकिनु अगावै जनप्रतिनिधिले राजीनामा दिएका हुन् । 

निर्वाचनका लागि उमेदवार मनोनयनको मिति नजिकिदै जाँदा आगामी नेतृत्वका लागि आकांक्षि बहालवाला जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।

निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ अनुसार बहालवाला जनप्रतिनिधिले स्थानीय तहको कुनै पनि पारिश्रमिक, सुविधा पाउने गरी लाभको पदमा नरहेको उद्घोष गर्नुपर्ने र उम्मेदवारी दिनुअघि नै राजनीमा दिनुपर्ने व्यवस्था गरेको छ ।

सोहि व्यवस्था बमोजिम दाङमा पनि मेयर, वडाअध्यक्ष, सदस्य र जिल्ला समन्वय समिति सदस्य गरी शुक्रबारसम्म ८२ जना जनप्रतिनिधिले राजीनामा दिएका हुन् । 

घोराहीमा नगरप्रमुख नरुलाल चौधरीले बिहीबार नै राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए । उनका अनुसार घोराहीमा अरु थप दुई जना वडा सदस्यले राजीनामा दिएका छन् ।

तुलसीपुरमा शुक्रबारसम्म १० वडा अध्यक्ष र २० सदस्यले राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेले जानकारी दिए । त्यस्तै लमही नगरपालिकाका एक वडा अध्यक्ष र दुई सदस्य, गढवाका वडा अध्यक्ष र सदस्य १९ जना, राप्तीका १८, दंगिशरणका ३, शान्तिनगरका १, बबईका ४ र बंगलाचुलीका छ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।