ताजा अपडेट »

गत निर्वाचनमा गरेको घोषणा मध्ये ३ वटा गर्न नसकेकोमा मेयर दुखी

शुक्रबार, ०९ बैशाख २०७९, १९ : ०७
9 Shares

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचनको बेला जनतालाई दिएको घोषणापत्रअनुसार ख्वप विश्वविद्यालय सञ्चालनमा ल्याउन नसकेको भन्दै दुःख व्यक्त गरेका छन् ।

आफूहरुको पाँंचवर्षे कार्यकालमा भएका उपलव्धीहरुबारे जानकारी दिन शुक्रबार नगरबासीहरुलाई नगरपालिका भबनमा कार्यक्रम गरी सम्वोधन गर्दै उनले यो पाँंच वर्षकोबीचमा आफूहरुले तीन वटा काम गर्न नसकेको बताए । 

‘हामीले ख्वप विश्वविद्यालय सञ्चालनमा ल्याउन सकेनौं, उनले भने, ‘उक्त कामको लागि निरन्तर प्रयास गर्‍यौँ तर सङ्घीय सरकारले प्रतिनिधि सभामा ख्वप विश्वविद्यालय विधेयक प्रस्तुत गरी नदिएको कारण भक्तपुरका जनताको त्यो चाहना हाम्रो कार्यकालमा पूरा हुन पाएन ।’

मेडिकल कलेज स्थापना गरी सस्तोमा गुणस्तरीय चिकित्सक उत्पादन गर्ने आफूहरुको उद्देश्य रहेको तर सफल नभएको उनले बताए ।
उनले दरबार क्षेत्रस्थित कला सङ्ग्रहालय रहेको भवन (लाल बैठकसहित) पुनःनिर्माण गर्न नसकेको बताए ।

पुनः निर्माणको क्रममा राणाकालीन शैलीमा निर्माण गर्ने वा मल्लकालीन भन्नेमा केही समस्या देखिएकोमा पछि मल्लकालीन शैलीमा निर्माण गर्न संस्कृति मन्त्रालय, पुरातत्व विभाग र भक्तपुर नगरापलिकाबीच सहमति भए पनि युनेस्कोको अनुमति लिनुपर्ने जस्ता प्राविधिक कारणले त्यो पूरा हुन नसकेको उनले बताए ।

साथै सरकारले पटक पटक आश्वासन दिएर पनि आवश्यक बजेट व्यवस्थापन गरी नदिएको हुँदा भनपा–६ मा अरनिको सभा भवन निर्माण गर्ने हाम्रो योजना अधुरो रहेको पनि बताए । उनले यसबाहेक घोषणापत्रमा उल्लेख गरेको सवै काम पूरा गर्न सकेको दावी गरे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।