ताजा अपडेट »

गाउँपालिका अध्यक्ष लड्न आयल निगमका अधिकृतको राजीनामा

शुक्रबार, ०९ बैशाख २०७९, १८ : ४१
6 Shares

काठमाडौं। गाउँपालिका अध्यक्षमा चुनाव लड्न नेपाल आयल निगमका अधिकृत (सातौं) गोपालचन्द्र राईले राजीनामा दिएका छन् ।

राईले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्षमा उम्मेदवार हुन राजीनामा दिएका हुन् ।

एक महिनाअघि नै राजीनामा दिए पनि बिहीबारमात्रै स्वीकृत भएको राईले जानकारी दिए।

विद्यार्थी राजनीति र पत्रकारिता पृष्ठभूमिका राई २०६९ चैत १ गतेदेखि नेपाल आयल निगमको इन्धन डिपो धनुषाबाट स्थायी जागिरे जीवन सुरु गरेका थिए । ‘
निगममा मैले ९ वर्ष १ महिना ८ दिन सेवा गरेपश्चायत आजबाट यो अध्याय समाप्त भयो,’ उनले भने ।

राई नेपाल आयल निगम कर्मचारी संघ (अधिकारीक ट्रेड यूनियन)को अध्यक्षसमेत थिए।

खोटाङ जिल्लाका ८ वटा पालिकाहरुमध्ये दिप्रुङ चुइचुम्मा गाउँपालिका सरदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकादेखि दक्षिण भेगमा करीव २१ कोष दूरीमा पर्दछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।