ताजा अपडेट »

टेन्ट खोल्ने क्रममा करेन्ट लागेर १९ वर्षीय युवकको मृत्यु

विहीबार, ०८ बैशाख २०७९, २२ : ३८
12 Shares

सप्तरी । सप्तरीमा बिहीबार एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। विवाहको लागि लगाइएको टेण्ट खोल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । राजविराज नगरपालिका–१४ पर्साही घर भइ हाल छिन्नमस्ता ६ खुदिबखारीमा अस्थायी रुपमा बसाेबास गर्दै आएका इनरदेव मण्डलका १९ वर्षीय छाेरा शत्रुधन मण्डललाई करेन्ट लागेपछि उपचारका लागि अस्पताल लग्ने क्रममा बाटो मृत्यु भएको हो ।

छिन्नमस्ता गाउँपालिका ३ सखडा स्थित सुरेन्द्र मण्डलकाे छाेरीकाे बिहेमा लगाइएकाे टेन्ट खाेल्ने क्रममा करेन्ट लागेको थियो । गाउँकै जिबछ साहकाे टेन्टमा लेबरकाे काम गर्दै आएको मण्डल करेन्ट लागेर सिकिस्त भएपछि उनलाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको आफन्तले जनाए । मृत्यु पश्चात् छिन्नमस्ता अस्पतालबाट पाेष्टमार्टमकाे लागि राजबिराज स्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल लगेकाे र घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले बताए ।-न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।