ताजा अपडेट »

देश असफल राष्ट्र उन्मुख, श्रीलङ्का बन्ने खतरा : लिङदेन

विहीबार, ०८ बैशाख २०७९, १६ : ४४
3 Shares

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश असफल राष्ट्र उन्मुख भएको बताएका छन् । कुनै पनि बेला श्रीलङ्का बन्न सक्ने खतरा बढेको बताउँदै उनले मुलुक वैदेशिक ऋणमा डुब्दै गएको उल्लेख गरे ।

बुटवलमा आज आयोजित राप्रपाको विशाल आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले संघीयताले मुलुक असफलतातर्फ गएको उल्लेख गरे । ठूला राजनीतिक दलहरु एमाले, काँग्रेस तथा माओवादीका कारण मुलुक अहिलेको निरासाजनक अवस्थामा आएको उल्लेख गर्दै उनले सबैतिर निरासा पैदा भएको उल्लेख गरे । देशको सम्पूर्ण क्षेत्र बेखुस भएको उल्लेख गर्दै उनले भने, –‘सत्तामा तर मारिरहेका माथिल्लो तहका मान्छेहरु बाहेक सबै बेखुस छन् ।’ संघीयताले मुलुक आर्थिक संकटमा पुगेको टिप्पणी गर्दै उनले ऋण लिएर भत्ता खानेगरी देश चलाएका कारण मुलुक ठूलो आर्थिक संकटमा परेको उल्लेख गरे ।

देशको सम्पूर्ण राजनीतिक प्रणाली काम नलाग्ने भएको बताउँदै उनले राजनीतिमा भ्रष्ट प्रवृत्ति महारोग भएको उल्लेख गरे । ५ वर्षका लागि म्यान्डेट पाएको सरकार बीचमा परिवर्तन हुने तथा विभिन्नि समयमा भएका सत्ताको खेलले अहिलेको संघीय तथा राजनीतिक प्रणाली काम नलाग्ने प्रमाणीत भएको लिङदेनले उल्लेख गरे ।

मुलुकका संवैधानिक अङ्गहरु बीच नियन्त्रण र सन्तुलन गुमेको बताउँदै उनले मुलुक ठूलो दुर्घटनातर्फ बढीरहेको उल्लेख गरे । न्याय पालिका, कार्यपालिका र व्यवस्थापिका भित्र भएका गतिविधि तथा आपसी समन्वय र सन्तुलन प्रतिकुल देखिएको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।