ताजा अपडेट »

ललितपुरकाे अक्सिजन प्लान्टमा विस्फोट : एक जनाको मृत्यु, सात घाइते

विहीबार, ०८ बैशाख २०७९, ११ : ४६
10 Shares

काठमाण्डौं । ललितपुरकाे अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान  औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जना श्रमिकको मृत्यु भएको हो । 

ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलका अनुसार अक्सिजन भर्ने क्रममा प्लान्टमा एक्कासी विष्फोट भएको प्रारम्भिक जानकारी आएको छ । मृतकको पहिचान खुल्न सकेको छैन । विष्फोटमा परेर अन्य सात जना प्लान्टमा कार्यरत श्रमिक पनि घाइते भएका छन् । उनीहरूमध्ये केहीकाे पाटन अस्पताल र केहीकाे बीएण्डबी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।